काठमाडौं खबर साउन ३०, २०८१
काठमाडौं । किम्ची रेस्टुरेन्टको बोतलमा किरा भेटिएको एक साता पनि नबित्दै फेरि अर्को जारको पानी खान अयोग्य देखिएको छ । काठमाडौं महानगरपालिकाले काठमाडौंका विभिन्न स्थानबाट पाँच कम्पनीको जार परीक्षण गर्दा एउटामा दिसाजन्य पदार्थ भेटिएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।
काठमाडौं महानगरपालिकाले पठाएको नमुनामाथि मंगलबार काठमाडौं उपत्यका खानेपानी लिमिटेडको ल्याबले पठाएको रिपोर्टमा एक्वा त्रिदेव कम्पनीको जारको पानीमा दिसाजन्य पदार्थको मात्रा ३०० भन्दा धेरै भेटिएको हो ।
यसघि महानगरले अनुगमन गरेर फुटेको, कुच्चिएको, फोहोर जार बेच्ने कम्पनीलाई कारबाही गरेको थियो । टी मिनरल वाटर एन्ड बेबरेज प्रालिले उत्पादन गरेको बोत्तलको पानीम किरा भेटिए पछि सो पानी बेच्ने अनामनगरको किम्ची रेस्टुरेन्ट एन्ड फास्ट फुडलाई महानगरले दुईलाख जरिबाना तिराएको थियो ।