काठमाडौं खबर साउन २७, २०८१
काठमाडौं । शनिबार राति र आइतबार बिहान काठमाडौंको बुढानीलकण्ठ क्षेत्रमा भारी वर्षा मापन गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार विष्णुमती, धोबीखोलामा जलसतह बढ्दो छ । सतर्कता तहमाथि पुग्न सक्ने अनुमान गरिएको छ ।
नदी तटीय क्षेत्रहरूमा रहनेहरू तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूले आइतबार बिहान १० बजेसम्म उच्च सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।