काठमाडौं खबर साउन २५, २०८१
काठमाडौं । काठमाडौंको गोकर्णेश्वरमा भीषण आगलागी भएको छ । शुक्रबार अपराह्न करिब ४ बजेतिरबाट आगलागी सुरु भएको स्थानीयले जनाएका छन् । गोकर्णेश्वर नगरपालिकाको २ नं वडाको नयाँपाटीमा रहेको धागो उद्योगमा आगलागी भएको स्थानीयले जनाएका छन् ।
अहिले आगो नियन्त्रणका लागि काठमाडौं महानगरपालिका, नेपाल प्रहरी र सशस्त्र प्रहरीको दमकलले आगो नियन्त्रणको प्रयास गरिरहेको छ । साथै, आगो नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका गरी करिब १०० जना सुरक्षाकर्मी खटिएका छन्।
क्षतिको विवरण आउन बाँकी छ । आगलागी ओलढुंगाको लिखु गाउँपालिका–४ घर भएका ५९ वर्षीय बुद्धिबहादुर कार्कीले सञ्चालन गरेको मनकामना वुल क्राडिङ प्रालि कारखानामा भएको हो ।