काठमाडौं खबर असार १८, २०८१
काठमाडौं । बुढानीलकण्ठ नगरपालिका वडा नं १० मा पर्ने युवा विकास भवन निर्माणको काम तत्काल रोक्न अदालतले आदेश जारी गरेको छ । उच्च अदालत पाटनले असार १६ गते आदेश जारी गर्दै तत्कालका लागि सो भवन निर्माणको काम रोक्न भनेको हो ।
विवादमा परेको कित्ता नं ३ को जग्गा नेपाल सरकारको नाममा हेको र उक्त स्थानमा अन्य संरचना बन्दा यसले वातावारण र जनसमुदायमा प्रभाव पर्ने भएकाले सो संरचना तत्काल रोक्नु भन्ने आदेश जारी भएको हो ।
बेखमार्ग टोल सुधार समिति(महिला)को तर्फबाट शुभद्रा गौतमले बुढानीलकण्ठ नगरपालिकाविरुद्ध दायर गरेको रिटमा न्यायाधीश नारायणप्रसाद रेग्मीको इजलासले यस्तो आदेश जारी गरेको हो ।
अदालतले अर्काे आदेश जारी नभएसम्मको लागि भनेर सो निर्माण तत्काल रोक्नु भन्ने आदेश गरेको छ । यस्तो छ अदालतको आदेश: