काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका ३ तारेभीरकी १८ वर्षीया सुष्मा लामाको सव घर नजिकै भेटिएपछि तारेभीर चिन्ताग्रस्त छ । बिहानै बुढानीलकण्ठ स्कूल पढ्न हिँडेकी किशोरीको शव गाडिएको अवस्थामा फेला परेको थियो । सुष्माको सव गाउँ नजिकै जंगलमा फेला परेको थियो । माघ २२ गतेदेखि हराएकी सुष्माको लास एक महिनापछि भेटिएको हो । तारेभीरवासी यतिखेर आफ्नी छोरी हत्यारा खोजिरहेको छ । सुष्माको बलात्कारपछि हत्या भएको अनुमान गरिएकोले हत्यारा पत्ता लगाउन प्रहरीले तदारूकता देखाओस् भनेर तारेभीर अपिल गरिरहेको छ ।
फागुन २४ गते बिहीबार राति पौने ७ बजे स्थानीयले दुई वटा हात मात्रै देखेका थिए। उक्त हात फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।हातमात्रै देखिएको शरीर गाडिएको अवस्थामा फेला परेको थियो । त्यसै राति प्रहरी प्रभाग गोकणर्बाट खटिएको टोलीले घटनास्थललाई सुरक्षित राखेको थियो। फागुन २५ गते शुक्रबार बिहान ८ बजे परिसर र प्रहरी वृत्त बौद्धबाट अनुसन्धान अधिकृत सहितको टोली खटिएको थियो। विशेषज्ञ तथा फरेन्सिक डाक्टर सहितको टोली पनि खटिएको थियो। गाडिएको शव निकाल्दा मृतक गोकणर्ेश्वर नगरपालिका वडा नम्बर ३ बस्ने १८ वर्षीया सुष्मा लामा रहेको खुलेको थियो।
उनी गत माघ २२ गते बिहान ५ बजेदेखि हराएकी थिइन्। उनी हराएको भन्दै आफन्तले माघ २५ गते प्रहरी वृत्त बौद्धमा जाहेरी गरे पनि पत्ता लाउन सकेको थिएन । घर नजिकै शव फेला परेपछि सुष्माकी आमा लुच्ची तामाङले छोरीको लास सनाखत गरेकी थिइन् । सुष्माको यतिखेर शव टिचिङ अस्पतालमा पोष्टमर्टम भइसकेको छ। प्रहरी वृत्त बौद्ध, जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट अनुसन्धान भइरहेको छ। उक्त घटनामा प्रहरीले कसैलाई पक्राउ गरिसकेको छैन।