काठमाडौं । आजकाल तारेभीर चिनिने विषयसँग तारेभीर महोत्सव जोडिएको छ । हरेक सालजस्तै यो वर्ष पनि तारेभीरमा महोत्सव भनिने एउटा कार्यक्रम भयो । माघ एक गते भएको तारेभीर महोत्सवको केही दिनपछि माघ २२ गतेदेखि तारेभीरकी एक अबोध बालिका हराइन् ।
बिहानै बुढानीलकण्ठस्थित बुढानीलकण्ठ उच्चमाविमा पढ्न आउने सुष्मा तामाङको लाससँगै स्कूल ड्रेस थियो भने लास निर्वस्त्र भेटिएको थियो । उनको लास टाइले घाँटी कसेको तथा हात र खुट्टा बाँधिएको अबस्थामा लास भेटिएको हो । कक्षा ११ पढ़ने सुष्मा तामाङको मृत्यूको कारण पत्ता लागेको छैन । तर उनी हराएको एक महिनापछि तारेभीरकै खोला नजिक हातखुट्टा बाँधेर पुरेर राखिएको अबस्थामा लास भेटिएको हो । लासकाे प्रकृति हेर्दा समान्य आँखाले पनि बलात्कारपछि हत्या हुनसक्ने स्थानीयवासी बताउँछन् ।
हराएकी सुष्मा खोजी भैरहँदा एउटा फेशबुक आइडी खोलेर त्यसबाट आफू बिहे गरेर भागेको भनेर लेखिएको थियो तर त्यो कुरा लेखेको केही क्षणमै सो फेशबुक एकाउण्ट डियाक्टिभ भएको स्थानीय बताउँछन् । घाँस दाउरा गर्न निस्किएकाहरूले लास गन्हाएको र स्याउलाले छापेको ठाउँ देखेपछि प्रहरीलाई खबर गरिएको थियो । बौद्ध प्रहरीको एक टोली घटनास्थल पुगेर खोतल्दा हात खुट्टा बाँधिउको अबस्थामा सुश्माको लास भेटिएको छ । लास अहिले पोस्टमार्टमका लागि राखिएको छ ।
सुश्माको बलत्कारपछि हत्या भएको हुनसक्ने अनुमान गरिएको छ । हत्या गर्नेले नै फेशबुक खोलेको पनि स्थानीयहरुले अनुमान गरेका छन् । योबारेमा अनुसन्धान भैरहेको बौद्ध प्रहरीले जनाएको छ ।