काठमाडौं । सेकुवा पारखीहरूका लागि बुढानीलकण्ठ गोल्फुटार चोकमा स्टार फुड एण्ड सेकुवा कर्नर खुलेको छ । फागुन २६ शनिवारदेखि सुरू भएको स्टार फुड एण्ड सेकुवा पुरानो तरेवा सेकुवा भएकै प्रपर्टीमा खोलिएको हो । सेकुवाका पारखीहरूका लागि भनेर विशेष महत्व दिएर सुरू गरिएको स्टार फुड एण्ड सेकुवामा इन्डियन, कन्टिनेन्टल तथा चाइनिज खानेकुरा एवम् कफिसपसमेत रहेको छ ।
मटन, चिकेन, पोर्क तथा वफ सेकुवाहरू केजीमा किनेरसमेत खान सकिने गरी खोलिएको रेष्टुरेन्टमा ओपनिङ डिस्काउन्ट ३ दिनका लागि २० प्रतिशत दिइएको लगानीकर्ताले बताएका छन् । ओपनिङको बेला भएर वफ, चिकेन तथा पोर्क सेकुवामा १० प्रतिशत डिस्काउन्ट दिइएको छ ।
स्टार फुड एण्ड सेकुवाभित्र राम्रो पार्किङको व्यवस्था, ब्याम्बो कटेजसहित सेमिनार हल तथा २५० जनासम्मको मिनि पार्टी प्यालेसको सुबिधासमेत रहेको छ । काठमाडौँको उत्तरी भेककै उत्कृष्ट रेष्टुरेन्ट बन्ने हिसाबले मिठा परिकार र उत्कृष्ट आतिथ्यतालाई विशेष ध्यान दिइने स्टार फुड एण्ड सेकुवाले जनाएको छ ।