काठमाडौं । स्थानीयरूपमा पत्रकारिता गर्नेहरूलाइ ड्यासिङ दिनकै बुढानीलकण्ठ नगरपालिकाले कानुनी आधार र बैधता बिना नै अनलाइन पत्रिका चलाइरहेको छ । पूर्व मेयर उद्धव खरेलको पालामा स्थानीय संचार माध्यमले गाली गरेकोभन्दै नगरपालिकाले अनलाइन चलाउने निर्णय गरेको थियो । नगर प्रवक्ता नवराज भट्टराइलाई कमजोर बनाउन आफैले सुरू गरेको अनलाइन पत्रिका अझै चलिरहेको छ । नगर प्रवक्ताले बुढानीलकण्ठ नगरपालिकाका गतिबिधि भन्ने गर्दैनन् सोही अनलाइनमार्फत बढाइचढाई तथा देवत्वकरण गरेर समाचारहरू प्रकाशित हुने गरेको छ ।
सूचना विभाग तथा प्रेश काउन्सिलमा दर्ता नै नभै नगरपालिकाले चलाइरहेको अनलाइनमा समाचारप्रधान प्लेटफार्म हो । यसमा नगरपालिकाका गतिबिधि तथा जनप्रतिनिधिको बढाइचढाई हुने गर्दछ । बुढानीलकण्ठ न्युज नामको यस अनलाइन पत्रिकाको सम्पादक पनि छैन । यस अनलाइन पछिल्ला दिनमा उपमेयर अनिता लामाको इन्ट्रेस्ट मा सक्रिय भैरहेको आरोप लाग्ने गरेको छ।
यस अनलाइनका बारे बेलाबेलामा कुरा पनि उठ्ने गरेको छ । केही समय अगाडि भएको नगरपालिकाको सार्वजनिक सुनुवाइमा पत्रकार सविन पन्तले गैरकानुनीरूपमा प्रकाशित अनलाइन पत्रिकाबारे सोधपुछसमेत गरेका थिए तर सो प्रश्नको जवाफ भने नगरप्रमुख मिठाराम अधिकारीले दिएका थिएनन् ।
यसैबीच बुढानीलकण्ठ नगरपालिकाले आफ्नो संचार नीति बनाउने भनेर तामझाम गरे पनि अझै बनाएको छैन । नगर प्रवक्ता नवराज भट्टराइको संयोजकत्वमा बनेको समितिको बैठकसमेत बस्न नसकेको भनेर गुनासो हुने गरेको छ । गत चुनावका बेला एमालेले वितरण गरेको प्रचार सामग्रीमा ठूलो महत्वका साथ संचार क्षेत्रका कुरा लेखेको तथा संचार नीति बनाउने बारे लेखिएको भए पनि सोतर्फ नगरपालिका जान नचाहेको आरोप लागिरहेको छ ।
मेयर मिठाराम अधिकारीले संचार क्षेत्रका विषय नबुझेको कारण पनि यो नीति अलपत्र परेको बताइएको छ । त्यसैगरी उपमेयर अनिता लामा भने यो विषयलाइ अगाडि बढ्न नदिने मुडमा रहेको चर्चा छ । स्थानीय पत्रकार तथा बुद्धिजिवीलाइ उनले मान्छे नै नगन्ने गरेको आरोप छ । केही दिन अगाडि भएको एक महोत्सवमा उपमेयर लामाले स्थानीय पत्रकार, बुद्धिजिवी तथा लेखकहरूलाइ ढिम्किन दिएकी थिइनन् ।