

काठमाडौं । चाबहिल जुत्ताचप्पल ब्यापार मेलाको अवधि थप गरिएको छ । चाबहिल जुत्ताचप्पल व्यापार मेलाका आयोजकले गत माघ १८ गतेदेखि सुरु भएको उक्त मेला ग्राहकहरुको आकर्षण देखिएकाले समयावधि थप गरेको छ । मेला फागुन २९ गतेसम्म जारी रहने भएको छ ।
स्वदेशी प्रतिष्ठित जुत्ताचप्पल उद्योगहरुको संयुक्त आयोजनामा मेला भइरहेको छ । १४ वटा कम्पनीका ३० ओटा ब्रान्डका जुत्ताचप्पलहरु मेलामा बिक्री तथा प्रदर्शनीमा राखिएका छन् । उक्त मेलामा ८ हजार मोडलका जुत्ताचप्पल उपलब्ध रहेको आयोजकले बताएको छ ।
मेलामा सहभागी भएर जुत्ताचप्पल खरिद गर्ने ग्राहकहरुले६० प्रतिशतसम्म छुट पाउने गरेका छन् । उत्पादक कम्पनीहरुले नै मेला आयोजना गरेकाले मूल्य सस्तो पर्ने भएकाले उपभोक्ता लाभान्वित भएका हुन् । मेलामा सबै उमेर समूहका लागि उपयुक्त हुने एक हजारभन्दा बढी डिजाइनका जुत्ताचप्पलहरु उपलब्ध रहेको बताइएको छ ।