काठमाडौं । अन्तराष्ट्रिय विमानस्थलका कर्मचारी र सुन तस्करहरुको मिलेमतोमा विमानस्थल लगायत अन्य मार्गबाटसमेत सुन तस्करी भैरहेको छ । तस्करहरू समातिरहेको समाचार पनि बेलाबेलामा सुन्न पाइन्छ । यसै सिलसिलामा साना व्यवसायीको सुनको कोटा दुरुपयोग भएको भन्दै सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणीक रत्न शाक्य र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष सुरेशमान शाक्यद्धारा हस्ताक्षरित एक प्रेश विज्ञप्ति सार्वजनिक भएको छ । प्रकाशित विज्ञप्तिमा विशालबजारमा रहेको रिद्धिसिद्धि ज्वेलरीका सञ्चालक नरेन्द्रकुमार गुप्ताका गतिविधिमाथी छानबिन गर्न माग गरिएको छ ।
नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ, नेपाल सुनचाँदी व्यवसायी महासंघ र विभिन्न संघको हालै बसेको संयुक्त भेलाले गुप्ताका गतिविधि छानबिन गर्न माग गर्ने निणर्य गरेको ब्यबसायी संबद्ध महासंघद्धारा जारी विज्ञप्तिमा जनाईको छ । वीरगन्जबाट सञ्चालित रेस खबर नामक अनलाइन पत्रिकाले गुप्तालाई स्रोत व्यक्तिको रूपमा उल्लेख गरेर भ्रामक र स्वार्थपूर्ण समाचार सम्प्रेषण गरी सुन व्यवसायीका प्रतिष्ठित संस्था र व्यक्तिको प्रतिष्ठामा आँच पुर्याईरहेकोले सम्पुर्ण ब्यबसायीको छाता महासंघहरुको गम्भिर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।
महासंघको विज्ञप्तिमा भनिएको छ, गुप्ताको मुखपत्रको रूपमा रहेको रेस खबरले उनको स्वार्थ र निर्देशनमा साना तथा ठुला गहना व्यवसायीहरूको लगानी ध्वस्त पार्ने गरी षड्यन्त्रपूर्ण गतिविधिहरू भइरहेको भन्दै उनी माथी तत्काल छानविनको माग गर्ने महासंघले निर्णय गरेको छ । सुन ब्यबसायीले गुप्ता र ’रेस खबर’का षड्यन्त्र र लाल्छनायुक्त’ गतिविधिलाई चिर्दै सत्य तथ्य सार्वजनिक गर्ने पनि निणर्य गरेको विज्ञप्तिमा बताईएको छ ।
रिद्धिसिद्धि ज्वेलरीका सञ्चालक गुप्ता विवादास्पद पृष्ठभूमिका व्यक्ति भएको आफ्ना रहस्यमय सम्पूर्ण गतिविधिहरू छानबिनको दायरामा पर्ने भयले त्रसित र आतंकित भई नियामक निकायको ध्यान मोड्ने दुरासयले सञ्चारमाध्यम प्रयोग गरी वास्तविकतालाई तोडमोड गरी भ्रामक र निराधार समाचार प्रकाशित गरी निर्दोष ब्ययसायीलाई आरोप लगाई नियामक निकायमा उजुरीसमेत दिएको बुझिन आएकोले त्यसका विरुद्ध कडा रुपले महासंघ अघिबढने समेत विज्ञप्तिमा भनिएको छ । गुप्ता नेपाल रत्न तथा आभुषण संघ काठमाडौंका वरिष्ठ उपाध्यक्ष समेत रहेको विज्ञप्तिमा जनाईएको छ ।