काठमाडौं । सामाजिक कार्यक्रमहरूमा सक्रिय रहँदै आएको बुढानिलकण्ठ युथ सर्कलले शिवपुरी नागार्जुन राष्ट्रिय निकुन्ज्मा रहेको प्रशिद्ध वागद्वार हाइकिङ कार्यक्रम आयोजना गरेको छ । बागद्वार जाने मार्ग सरसफाई गर्ने हेतुले आयोजना गर्न लागेको हाइकिङ कार्यक्रम बिहान ७ः३० मुहानपोखरीबाट सुरू हुने बताइएको छ ।
हाइकिङमा जानेहरू मुहानपोखरीमा भेटेपछि नागी गुम्बासम्म मोटरसाइकलमा जाने कार्यक्रम रहेको आयोजकका तर्फबाट बिजेन्द्र श्रेष्ठले बताए । बागद्वार जाने वैकल्पिक मार्ग मानिने नागी गुम्बाबाट जाने मार्गमा हाइकिङ गर्दै फोहरहरू संकलन गरिने श्रेष्ठले बताए । शनिवार वागद्वार जाने मुख्य मार्गमा धेरै मानिस हुने भएकाले पनि वैकल्पिक मार्गबाट हाइकिङ गर्ने योजना बनाइएको हो । यो मार्ग मुख्य मार्गभन्दा छोटो रहेको छ ।
वागद्वार जाने यात्रीहरू बढेसँगै निकुन्ज तथा वागद्वारमा फोहर बढेकोले सरसफाई गरेर आफ्नो नगरमा रहेको प्राकृतिक छटालाई स्वच्छ बनाउन हाइकिङ कार्यक्रम आयोजना गरिएको आयोजकले बताएको छ । हाइकिङमा ५ दर्जन बुढानीलकण्ठवासी युवाहरू सहभागि हुने बताइएको छ ।