काठमाडौं । मोहन बस्नेत नामसँगै एक विवादस्पद छवि सबैको नज़र आइपुग्छ । भ्रष्टाचारका अनेक काण्डले उनलाइ छोएको छ । नेपाली इतिहासमै मन्त्री भएर अख्तियार पुगेर वायन दिनु परेको एकमात्र मन्त्री पनि बस्नेत नै हुन् । कांग्रेस सभापतिको आफन्त भएका कारण सदैव शक्तिमा बस्न पाएका मोहन बस्नेतमाथि विपक्षीले िनशाना साँधेको छ ।
विपक्षी दलको निशानामा यतिखेर बस्नेतसहित सरकारका चार जना मन्त्री परेका छन् । विवाद र भ्रष्टाचार प्रकरणमा जोडिएका मन्त्रीको राजीनामा र कारबाहीको माग गर्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसहितका रास्वपा र राप्रपाले सरकारका चार मन्त्रीको संसदबाट विरोध गर्दै राजीनामा नआए जस्तासुकै आन्दोलनका कार्यक्रम गर्न बाध्य हुने चेतावनी दिएका हुन् ।
बिहीबारको प्रतिनिधि सभा बैठकको सुरुमा बोल्दै नेकपा एमालेका सांसद रघुजी पन्तले विभिन्न काण्डहरूमा जोडिएका र मुछिएका प्रचण्ड नेतृत्वको सरकारका तीन जना मन्त्रीहरूको राजीनामा मागे । सांसद पन्तले स्वास्थ्य मन्त्री मोहन बस्नेत, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र पर्यटन मन्त्री सुदन किरातीको माग गरेका हुन् ।