काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा केही दिनयता चहलपहल बढ्दो छ। राष्ट्रिय सभा निर्वाचनका लागि सिफारिसमा परेका उम्मेद्वारको चापका कारण अहिले देउवा निवासमा कडाईसमेत गरिएको छ।
उम्मेद्वारका आकांक्षी अहिले देउवालाई रिझाउने कसरतमा छन्। आफैं भेट्ने तथा लबिङ गर्ने काम आकांक्षीहरुले गरिरहेका छन्। आफ्नो उम्मेद्वारी सुनिश्चित गर्न सिफारिसमा परेका कतिपय केन्द्रीय नेता लिएर देउवाकहाँ धाइरहेका छन् भने कतिपयले सुटुक्क भेटिरहेका छन्।
देउवाले भेटका लागि ३ देखि ५ मिनेट समय दिने गरेको उम्मेद्वारका एक आकंक्षीले बताए।बाग्मतीमा ९१ जनाको नाम सिफारिस गरिको छ। जसमा केन्द्रीय सदस्य जिपछिरिङ लामा, गणेश लामा, दिलमान पाख्रिन, टेकबहादुर गुरुङ, मदन अमात्य, जितजंग बस्नेत लगायत छन्।
काठमाडौंका सभापति सबुज बानियाँ र मकवानपुरका सभापति बुद्ध लामा पनि सिफारिसमा परेका छन्। राष्ट्रिय व्यक्तित्व भनी कलाकार नीर शाहको नाम पनि सिफारिस भएको छ।(फाइल तस्वीर)