काठमाडौं खबर पुस ६, २०८०
काठमाडौं । अहिले आपत्तिजनक अभिव्यक्तिका कारण विवादमा छन् । सनातन धर्मविरुद्ध अभिव्यक्ति दिएपछि उनी अहिले सर्वत्र विरोधमा छन् । ‘क्रिस्चियनलाई मान्दिनँ भन्नु संविधान मान्दिनँ भन्नु हो । संविधान मान्दिनँ भन्ने देशद्रोही हुन्, यदि कसैले देशद्रोह गर्छ भने त्यसलाई हतकडी लगाएर जेल हालिदिने हो ।’ भन्ने अभिव्यक्तिपछि उनी अहिले सर्वत्र विरोध चलिरहेको छ।
तर अहिले जे चर्चामा छ त्यो भन्दा भयानक र आपत्तिजनक अभिव्यक्ति उनले बुधबार आयोजित एक कार्यक्रममा दिएको भेटिएको छ । पत्रकार रमेश वाग्लेले सो कार्यक्रममा मन्त्री किराँतीले झनै भयानक अभिव्यक्ति दिएको उल्लेख गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेअनुसार किराँतीले सनातन धर्म मास्ने अभियानमा नै संलग्न रहेको भेटिएको हो ।
वाग्लेका अनुसार किराँतीले कार्यक्रममा भनेका थिए ‘तपाईंले याद गर्नुभएको छ, राजाले बनाएको बिल्डिङमा हुनुहुन्छ तपाईं । एउटा जाति एउटै भेष, एउटै राजा एउटै देश ! क्रिस्चियनलाई भेट्यो भने खैनी माडेझैँ माडिदिन्थ्यो (हातमा देखाउदै यस्सरी ) ।’
“उनीहरूले मनोरञ्जन गर्ने ठाउँमा आज हामी सशक्त आवाज, क्रिस्चियनको दर्शन, व्याख्या गर्ने वकालत गर्ने मञ्चमा त आइपुग्यौँ त । हिजो कसैले क्रिस्चियनको ‘क’ मात्रै उच्चारण गर्दा उसको हालत के हुन्थ्यो हामी सबैलाई थाहा छ त । विजय त क्रमश: हुँदै छ !,” थप उत्साहित हुँदै किरातीले भने, “हामी चाहन्छौँ भ्यागुताले छिचिमिरा खाए जस्तै विजय भएको भए ख्वाप्पै खाइहालिन्थ्यो । सर्पले भ्यागुता खाएजस्तै विजय हुँदै छ, विस्तारै निल्दै छ । तर, तपाईं हामी जस्तो अग्रगामीहरू कमजोर भयौँ भने हामीलाई खान्छ उल्टै फेरि । तपाईं हाम्रो यहाँ पाइला त के गन्ध पनि मन पराउँदैनन् । त्यसैले हामी एकजुट हुनुपर्ने जरुरी छ ।”