काठमाडौं खबर मंसिर २३, २०८०
कांग्रेस महामन्त्री गगन थापाको चुनावी क्षेत्र काठमाडौँ क्षेत्र नं ४ मा महासमिति सदस्यहरूको टुंगो लागेको छ । निर्वाचन पद्धतिबाट चयन भएका महासमिति सदस्यहरुको नामावाली यसप्रकार रहेको छ: राजु परियार, कल्पना मल्ल ठकुरी, राजु थापा, भोला लामिछाने, नर्बदा पोखरेल, श्यामकृष्ण संगत, सत्यमान लामा, विनोद चालिसे, रमिला गर्तौला र श्रीराम लामिछाने ।
यसअघि विजेताहरूसँगै दिव्यमणि राजभण्डारी, अरूण सिंह बस्नेत, रिता बुढाथोकी, ध्रुवप्रसाद पौडेल , अच्युतप्रसाद पौडेल, मिना पराजुली, बिनोदबाबु प्रधान तथा सुशील नाहटाले महासमिति सदस्य बन्नका लागि उम्मेदवारी दर्ता गरेका थिए । कुल २७८ मत खसेकोमा सर्बाधिक धेरै मत नर्बदा पोखरेलले १८७ मत ल्याएको निर्वाचन समितिले जनाएको छ ।