

तस्वीरमा देखिएको मन्दिर बुढानीलकण्ठ नगरपालिकामा रहेको प्रशिद्ध रूद्रेश्वर महादेव मन्दिर हो । रूद्रमती(धोविखोला) नदी किनारमा रहेको यो मन्दिर ऐतिहासिक मानिन्छ । गुठी संस्थानलेसमेत हेरिरहेको यो मन्दिर बुढानीलकण्ठ २ मा रहेको चपली भद्रकाली क्षेत्रमा रहेको छ ।
यस मन्दिरदेखि केही मिटर तल प्राचीन नौलिन भद्रकाली मन्दिर रहेको छ । नदी किनारको खोँचमा रहेको यो मन्दिर क्षेत्रमै नपुगिन नदेखिने भएकाले अझै पनि स्थानीय मन्दिरका रूपमा पुजिँदै आएको छ । ऐतिहासिक पृष्ठभूमिका यो मन्दिरको प्रचारप्रसार हुन नसकेको देखिन्छ ।
तस्वीरः महेश श्रेष्ठ