बुढानीलकण्ठ नगरपालिका वडा नं ११ को अधिकारी मोडदेखि ह्याण्डबल चौर खण्डको बाटो अन्ततः पिच हुन थालेको छ । यो समाचार प्रकाशित हुँदासम्म बाटो पिच भैसक्छ । स्थानीयले एकएक रूपैँया उठाएर नगरपालिका तथा वडालाइ दबाव दिएपछि ठेक्का लागेको तीनवर्ष बाटो पिच हुन थालेको हो । करिब ५०० मिटरको बाटो पिच गर्न थालेपछि स्थानीयले राहतको सास फेरेका छन् ।
बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीको निवासदेखि १०० मिटर दुरीमा रहेको यो बाटो बनाउने मेयर अधिकारीले चासो नदिएको व्यापक जनगुनासकोबीच स्थानीयले पैसा उठाएका थिए । स्थानीयले एकएक रूपैँया उठाएको समाचारहरू प्रकाशित भएपछि दबाव अनुभूति गरेको नगरपालिकाले तत्काल ठेकेदारलाइ काम गर्न लगाएको छ । धुलो र धुवाँले आजीत भएका स्थानीयवासीले अझै पिच नगरे बाटो नै रोक्नेसम्मको आन्दोलन गर्ने तय गरेका थिए । पिच हुन थालेसँगै स्थानीयबासीले सन्तोषको सास फेरेको बताएका छन् ।