Author: Kathmandu Khabar

काठमाडौं । काठमाडौंको न्यूनतम तापक्रम हिजाे बिहान १०.३ डिग्री सेल्सियस छ । ५ः४५ बजे काठमाडौंको तापक्रम १०.३ डिग्री सेल्सियस मापन गरिएको हो ।  आज दिउँसो काठमाडौंको तापक्रम २२ देखि २४ डिग्री सेल्यिससम्म पुग्ने मौसमविद् राजु प्रधानाङले जानकारी दिए ।  “केही हप्तायता काठमाडौंको तापक्रम १० डिग्री सेल्सियसको वरिपरि रहेको छ,” मौसमविद् प्रधानाङले बाह्रखरीसँग भने । अझै केही दिन १० डिग्री सेल्सियसको सेरोफेरोमा काठमाडौंको तापक्रम रहने उनको भनाइ छ ।  “तत्कालै धेरै चिसो बढ्ने अहिले देखिँदैन । यो मौसमअनुसार नै विस्तारै तापक्रम घट्दै जानेछ” उनले भने ।  केही हप्तायता उच्च पहाडी र हिमाली भू–भागमा हिमपात हुँदै आएको छ । तर…

Read More

काठमाण्डाै – विस्तृत शान्ति सम्झौता भएको आज १८ वर्ष लागेको छ । तत्कालीन विद्रोही माओवादी र सरकारबीच २०६३ साल मंसिर ५ गते विस्तृत शान्ति सम्झौता भएको थियो । दश वर्षभन्दा लामो द्वन्द्व अन्त्य गरेको घोषणासहित सरकार र तत्कालीन नेकपा माओवादीले शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो । सम्झौतापछि तत्कालीन माओवादीलाई शान्तिपूर्ण राजनीतिमा आउन र सरकारमा सहभागी हुन बाटो खुलेको थियो । देशमा राजनीतिक परिवर्तन भयो । तर शान्ति सम्झौताअनुसार केही उपलब्धि र काम भए पनि सङ्क्रमणकालीन न्याय अहिलेसम्म व्यवस्थापन हुन सकेको छैन । सम्झौतामा उल्लेख भएअनुसार…

Read More

भित्री मनको अभिव्यक्तिलाई कुनै पनि भौतिक वस्तुमा व्यक्त गर्नुलाई कला भनिन्छ । कला मानवको उत्पत्ति सँगसँगै विकसित भएको पाइन्छ । जब मानवले सभ्यताको विकसित क्रममा पाइला टेक्यो त्यस अवस्थादेखि नै कलाको विकास गर्दै आएको देखिन्छ । कृषि युगको थालनी सँगसँगै मानवले स्थायी बसोबासको प्रकृया अपनायो, त्यतिखेर देखि नै उसले आफ्नो भावनालाई कलात्मक बनाउने प्रयास गर्यो । यसरी नै आफ्नो क्षमता प्रदर्शन गर्न मन्दिर तथा मूर्तिहरूको कलात्मक रूपले विकास गर्यो । मानवले प्राग्ऐतिहासिक कालदेखि नै प्रतिमा निर्माण गर्ने कार्यकोथालनी गर्यो भन्ने कुराको प्रमाण हामीले भारतमा मुर्तिपूजाको उत्पत्तिको खोजी गर्दा सिन्धुघाटीको सभ्यतासम्म पुग्न सकिन्छ । यहाँको उत्खन्बाट सिन्धुवासीहरू पनि देवी देवताको…

Read More

नेपाल संवत् कछलाथ्व नवमीको दिनलाई ज्वार नवमी भनिन्छ । यस दिन विशेष गरी भोगटेको अमिलो खाने गरिन्छ । हुन त स्वन्ती नख: (तिहार) लगत्तैको नवमी भएकै कारण पनि यस दिन भोगटे मोलेर खाने गरिएको हो । भोगटेसँगै सुन्तला, बिमिरोको अमिलोमा दहीमा राखेर मोलेर खाने गरिन्छ । यस ज्वार नवमीको अर्को विशेषता भनेको जुवा खेल्नु हो । जुवा तास खेल्नु भनेको वैधानिकरूपमा गैरकानुनी कार्य हो । तर यस दिन जुवाअन्तर्गत कौडा खेल खेल्ने, तास खेल्ने गरिन्छ । मल्लकालतिर यस दिन जुवा खेल्न छुट रहेको छ भन्ने मान्यता रहेको छ अर्थात् जुवा खेले पनि कुनै कानुन लाग्दैन भन्ने गरिन्थ्यो । धनेशराज…

Read More

हङ्गकङ्ग सरकारले करिब १८ वर्षपछि नेपालीका लागि भिसा खुलाएको छ। अब नेपाली ट्यालेन्टहरूका लागि रोजगार भिसा, तालिम भिसा र विद्यार्थी भिसा सहज बनाइएको छ। सन् २००५ मा भिसा रोकिएपछि हङकङमा नेपालीलाई प्रवेश कठिन भएको थियो। चीनको विशेष प्रशासनिक क्षेत्र हङकङका प्रमुख कार्यकारी जोन लीले बुधबार आफ्नो नीति सम्बोधनमा नेपाली प्रतिभा (ट्यालेन्ट) हरूका लागि हङकङ प्रवेशको मापदण्डमा छुट दिइएको घोषणा गरेका हुन्। एक वर्षदेखि हङकङको प्रमुख कार्यकारी रहेका लीको यो दोस्रो नीति सम्बोधन हो, जसमा उनले नेपाल, भियतनाम र लाओसबाट आउने प्रतिभाहरूका लागि भिसाको मापदण्डमा छुट दिइने उल्लेख गरेका छन्। जोन लीले आफ्नो नीति सम्बोधनको ५७ नम्बरको तेस्रो बुँदामा…

Read More

नेपाली काँग्रेस केन्द्रीय सदस्य तथा सांसद प्रदीप पौडेल नेतृत्वको टोली भूकम्पबाट प्रभावित जाजरकोटमा अस्थायी घर निर्माणका लागि काठमाडौँबाट हिँडेको छ। जाजरकोट जिल्लाको नलगाङ नगरपालिकाको वडा नम्बर ३ र ४ मा पौडेल नेतृत्वको टोलीले एक सय घर निर्माण गर्ने जनाएको छ। काठमाडौँबाट सोमबार घर निर्माणका लागि ३० दक्ष जनशक्तीसहित ४० जना नेता तथा कार्यकर्तासहित पौडेल त्यसतर्फ लागेका छन्। जाजरकोटमा काँग्रेस नेता, कार्यकर्तासहित एक सय जनाको स्वयंसेवक घर निर्माणमा सहयोगी बन्ने पौडेलका स्वकियसचिव शुभाष घिमिरेले जानकारी दिए।

Read More

नेपोलियन बोनापार्टको एउटा ऐतिहासिक टोपी झन्डै २८ करोड नेपाली रुपैयाँमा बिक्री भएको छ। प्यारिस अक्सनका क्रममा १९औँ शताब्दीमा फ्रान्समा शासन गरेका बोनापार्टको ‘ह्याट’ २१ लाख अमेरिकी डलरमा बिक्री भएको हो। जुन नेपाली रुपैयाँ २७ करोड ८६ लाख बराबर हुन्छ। अधिकांश समय उनले लगाउने गरेको यो विशेष किसिमको सैनिक टोपीको मूल्याङ्कन छ लाख देखि आठ लाख युरो गरिएको थियो। यो टोपी किन्ने व्यक्तिले आफ्नो परिचय सार्वजनिक गरेका छैनन्। इतिहासकारहरूले यो टोपी उनको ब्रान्ड जस्तै बनेको बताएका छन्। नेपोलियनले यसलाई ढल्काएर लगाउँथे र युद्धका क्रममा उनलाई टाढैबाट पहिचान गर्न सकिन्थ्यो।उनले आफ्नो जीवनकालमा १२० वटा जति यस्ता टोपी प्रयोग गरेका थिए।यद्यपि त्यसमध्ये…

Read More

जिल्ला प्रशासन कार्यालय काठमाडौँले काठमाडौँको माइतीघरमा ५ जनाभन्दा बढी भेला हुन निषेध गरेको छ । पुतलीसडकको पद्मोदय मोडदेखि सर्वोच्च अदालत, माइतीघर हुँदै नयाँ बानेश्वरसम्म कुनै पनि भेला वा प्रदर्शनजन्य कार्यक्रम गर्न नपाइने गरी प्रशासनले आदेश जारी गरेको छ। आजदेखि ३० दिनसम्म यो निषेधाज्ञा कायम हुने प्रशासनले जनाएको छ। मंसिर ७ गते काठमाडौंमा हुन लागेको प्रदर्शनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक महिनाका लागि माइतीघरदेखि नयाँ बानेश्वरसम्मको सडक क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको हो। काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जारी गरेको विज्ञप्ति अनुसार मंसिर ४ देखि ३० दिनसम्मका लागि माइतीघरदेखि नयाँ बानेश्वरसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको जनाइएको…

Read More

काठमाडौं । लगभग एक लाख ३० हजार दर्शक एउटै साझा लक्ष्यसहित मैदान वरिपरी थिए । आइतबार विश्वकै सबैभन्दा ठूलो क्रिकेट मैदान नरेन्द्र मोदी रंगशाला आकाशझै निलो थियो । सम्भवतः कुनै पनि खेलको फाइनलमा उपस्थित यो नै अहिलेसम्मकै ठूलो दर्शक संख्या हो । नहुन पनि कसरी, घरमै आयोजित आईसीसी एकदिवसीय विश्वकपको उपाधिका लागि अस्ट्रेलियाविरुद्ध खेल्दै थियो भारत । तर, आइतबार भएको फाइनल घरेलु टिमको पक्षमा रहेन । ४३औँ ओभरका अन्तिम बलमा ग्लेन म्याक्सवेलले दुई रन लिँदा मैदान स्तब्ध थियो । “कुनै पनि खेलमा एक लाख ३० हजार दर्शकलाई स्तब्ध बनाउनुजस्तो आनन्दको अनुभव अरु हुँदैन । फाइनलमा हाम्रो लक्ष्य यही…

Read More