Author: Kathmandu Khabar

काठमाडौं । सन् २०२४ फेब्रुअरीमा विभिन्न देशबाट आउने पर्यटकको सङ्ख्या ३३ प्रतिशतले बढेको छ । पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन् २०२३ को फेब्रुअरीमा ७३ हजार २५५ पर्यटक नेपाल भित्रिएका छन् । सन् २०२४ को सोही समयमा ९७ हजार ४२६ पर्यटक नेपाल भित्रिएका थिए । फेब्रुअरीमा सबैभन्दा बढी भारतबाट पर्यटक नेपाल भित्रिएका छन् । पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले भने, “गत वर्षको तुलनामा यस वर्ष नेपाल भित्रिने पर्यटकको सङ्ख्यामा सन्तोषजनक बढोत्तरी देखिन्छ । सन् २०१९ देखि लगातार सङ्कटमा रहेको पर्यटन क्षेत्रमा सन् २०२३ देखि क्रमिक सुधार हुँदै आए पनि यस वर्ष भारतीय पर्यटकको आगमन दरले थप सकारात्मकता देखाएको छ…

Read More

काठमाडौं । नेपालको पहिलो म्यारिअट ब्राण्डेड होटल फेयरफिल्ड वाई म्यारिअटले आफ्नो सातौं बार्षिकोत्सब मनाउँदैछ । स्थापनाको सात वर्षको अवधिमा फेयरफिल्ड काठमाडौंले न्यानो आथित्यताका साथमा पस्केको लक्जरी, आरामदायिता र साँस्कृतीक विविधताको अद्धितीय अनुभव गरेका हज्जारौँ स्वदेशी तथा विदेशी पर्यटकहरुले यस होटलको खुलेर प्रशंसा गर्दै आएको संस्थाले जनाएको छ ।काठमाडौं । नेपालको पहिलो म्यारिअट ब्राण्डेड होटल फेयरफिल्ड वाई म्यारिअटले आफ्नो सातौं बार्षिकोत्सब मनाउँदैछ । स्थापनाको सात वर्षको अवधिमा फेयरफिल्ड काठमाडौंले न्यानो आथित्यताका साथमा पस्केको लक्जरी, आरामदायिता र साँस्कृतीक विविधताको अद्धितीय अनुभव गरेका हज्जारौँ स्वदेशी तथा विदेशी पर्यटकहरुले यस होटलको खुलेर प्रशंसा गर्दै आएको संस्थाले जनाएको छ । एक विज्ञप्ति जारी गर्दै होटलले…

Read More

बेलौरी नगरपालिका-६ भुराकोटमा रहेको पुरैनी ताल संरक्षणको पर्खाइमा रहेको छ । पुरैनी ताललाई स्थानीयवासीले ‘चराको स्वर्ग’ भन्ने गरेका छन् । २९ बिघा क्षेत्रफलमा फैलिएको ताल वरिपरिको सीमसार क्षेत्रमा आहार खोज्दै गरेका चराहरू हेर्दै मोबाइलमा फोटो खिच्नेहरू पनि ताल क्षेत्रमा पुग्ने गर्दछन् । उत्तरी ध्रुवमा चिसो बढ्दै गएपछि आगन्तुक चराहरू घण्टौँ उडान गरी हिमाल छिचोल्दै ताल क्षेत्रमा पुग्ने गर्दछन् । कात्तिक महिनादेखि नै ताल क्षेत्रमा प्रवासी चराको चहलपहल शुरु हुने गरेको स्थानीयवासी वीरबहादुर रावलले बताउनुभयो । गर्मी हुने क्रमसँगै वैशाखदेखि भने प्रवासी चराहरू ताल छाडेर पुरानै बासस्थानमा फर्कने गर्दछन् ।सङ्कटापन्न सूचीमा रहेका मालक र नक्टा हाँसको सङ्ख्या ताल क्षेत्रमा सन्तोषजनक रहेको…

Read More

काठमाडौं । नेपाली समाज दिनदिनै आफ्नो संस्कार र संस्कृतिभन्दा पृथक पश्चिमा सोच शैली एवम् सामाजिक सन्जालग्रस्त मानसकितामा हिँडिरहेको छ । कुनै एक समय थियो नेपालमा डिभोर्स भन्ने कुनै विषय नै भेटिदैनथ्यो । तर अहिले सानो सानो निहुमा डिभोर्स हुने गरेको छ । सानो सानो कुरामा पतिपत्नीबीच बेमेल हुने बित्तिकै डिभोर्स फाइल गरिहाल्ने प्रवृत्तिले समाज रूग्ण र जीवनहीन बनिरहेको छ । कथित स्वतन्त्रताको हवाला दिएर हुने डिभोर्सको मारमा सन्तानहरू परिरहेका दर्जनौँ घटना परिघटना हाम्रा नजिकै भेटिन्छन् । विद्यालयको होस्टेलमा १३ वर्षीया बालिका शालीन पोखरेलको दुखद मृत्युले यही विषयको एउटा पाटो बनेको छ । शालीन ३ वर्षको उमेर हुँदादेखि नै शालीनका बाआमाको छुट्टिएका…

Read More

काठमाडौँ । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) ले नेपालमा गुणस्तरीय शिक्षामा पहुँच बढाउन करिब ११ अर्ब रुपैयाँसम्मको सहायता घोषणा गरेको छ ।  युएसएआइडीले विशेषतः सीमान्तकृत युवा तथा प्रारम्भिक कक्षाका विद्यार्थीप्रति केन्द्रित हुने गरी गुणस्तरीय शिक्षामा नेपालका बालबालिकाको पहुँच विस्तार गर्न पाँच वर्षको अवधिमा करिब ११ अर्ब रुपैयाँसम्मको सहायता प्रदान गर्ने उद्घोष गरेको हो । काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै युएसएआइडीको एसिया ब्युरो हेर्ने वरिष्ठ उपसहायक प्रमुख जेना सलाहीले उक्त सहायता रकम कोषको उपलब्धतामाथि निर्भर रहने बताए ।  यस सहायता विस्तारले नेपालका विकास लक्ष्यहरूप्रति नेपाल र अमेरिकाको साझा समर्पणलाई पुनः पुष्टि गर्दै दुई देशबिच विद्यमान साझेदारीलाई थप बलियो बनाएको उनको भनाइ छ…

Read More

काठमाडौँ ।  राजनीतिमा नयाँ तरंग आएको छ ।  सत्ता साझेदार नेपाली कांग्रेससँगबाट माओवादी केन्द्र विमुख हुँदै गएको देखिएको छ भने प्रमुख प्रतिपक्षी नेकपा एमालेबीचको दूरी क्रमशः घट्दै गएको छ। प्रमुख प्रतिपक्ष एमालेको ३ जना मन्त्री हटाउने माग र सभामुखले यसवारे प्रधानमन्त्रीलाई आएर जवाफ दिन फागुन २१ गतेसम्मका निम्ति दिएको म्यादका वीच बिहान ८ बजेलाई सत्ता गठबन्धनको बैठक डाकिएको छ । मन्त्रीहरु फेर्ने कि नफेर्ने तानातानवीच हिजो बेलुकी काङ्ग्रेस सभापति शेरबहादुर देउवाले आफ्ना दश जनै मन्त्रीहरूलाई बोलाएर एकसरो छलफल गरी नयाँ परिस्थितिका निम्ति तयार रहन निर्देशन दिएका छन् । देउवाले नयाँ परिस्थित भनेको मन्त्री पद जानसक्ने अबस्थामा तयार रहन मन्त्रीहरूलाई निर्देशन…

Read More

तनहुँको व्यास नगरपालिका-१४ स्थित प्रसिद्ध धार्मिकस्थल छाब्दी वाराही मन्दिरमा भक्तजनको घुइँचो । यहाँ विभिन्न जिल्लाबाट भक्तजन पूजाआजाका लागि आउने गर्छन् । रासस

Read More

काठमाडौं ।  चाबहिल जुत्ताचप्पल ब्यापार मेलाको अवधि थप गरिएको छ । चाबहिल जुत्ताचप्पल व्यापार मेलाका आयोजकले गत माघ १८ गतेदेखि सुरु भएको उक्त मेला ग्राहकहरुको आकर्षण देखिएकाले समयावधि थप गरेको छ । मेला फागुन २९ गतेसम्म जारी रहने भएको छ । स्वदेशी प्रतिष्ठित जुत्ताचप्पल उद्योगहरुको संयुक्त आयोजनामा मेला भइरहेको छ । १४ वटा कम्पनीका ३० ओटा ब्रान्डका जुत्ताचप्पलहरु मेलामा बिक्री तथा प्रदर्शनीमा राखिएका छन् । उक्त मेलामा ८ हजार मोडलका जुत्ताचप्पल उपलब्ध रहेको आयोजकले बताएको छ । मेलामा सहभागी भएर जुत्ताचप्पल खरिद गर्ने ग्राहकहरुले६० प्रतिशतसम्म छुट पाउने गरेका छन् । उत्पादक कम्पनीहरुले नै मेला आयोजना गरेकाले मूल्य सस्तो पर्ने भएकाले…

Read More

काठमाडौं : हिन्दु, बौद्ध, किराँत एकता सन्देशसहित काठमाडौंको पशुपतिमा विश्वशान्ति महायज्ञ सुरु भएको छ । हिन्दु, बौद्ध, किराँत तीनै धर्मका धर्मगुरुहरुका उपस्थितिका साथै धामीझाँक्री, कलशयात्रा, झाँकी प्रदर्शन र बाजागाजासहित पशुपतिनाथको मन्दिर परिक्रमा गरेर महायज्ञको सुरु गरिएको छ । हिन्दु धर्मका गुरुहरु खगेन्द्र पोखरेल, त्रिलोचन सुवेदी, वेदप्रसाद पोखरेल, नारद अधिकारी, तान्त्रिक गुरु सुनिल कुमार वैश्य, बौद्ध धर्मका गुरुहरु सङ्गे लामा साथै वाङ्छु लामा, पासाङ छिरिङ लामा, धावा वाङ्छु लामा, लावाङ लामा, नाम्से लामा, पासाङ लामा, राप्तेन लामा, निमा साङ्गे लामा लगायतको उपस्थिति रहेको थियो । त्यसैगरि किराँत धर्मका गुरुहरु हरि थक्लिहाङ, अलिस सेर्मा, हरि केरुङ, राजेन्द्र केरुङ, नर बहादुर अन्छेङ्वो लगायत…

Read More

काठमाडौं ।  वन्यजन्तुबारे जनचेतना फैलाउन प्रत्येक वर्ष मार्च ३ लाई वन्यजन्तु दिवसका रूपमा मनाइन्छ । खानेकुरा र औषधि बाहेक हामीले वन्यजन्तुबाट धेरै फाइदाहरू पाउँछौं । यसका साथै वन्यजन्तुले जलवायु सन्तुलित राख्न पनि मद्दत गर्छ । विश्व वन्यजन्तु दिवस हरेक वर्ष ३ मार्चमा विश्वभर लोपोन्मुख वनस्पति तथा जीवजन्तुका प्रजातिहरूबारे जनचेतना फैलाउने उद्देश्यले मनाइन्छ । यो दिवस मनाउने उद्देश्य एकदम स्पष्ट छ, वन्यजन्तु र वनस्पतिलाई जोगाउनका लागि काम गर्नु जसका कारण तिनीहरू विश्वभर लोप हुँदैछन्। पृथ्वीको जैविक विविधतालाई जोगाउन वनस्पति र जीवजन्तु धेरै महत्त्वपूर्ण छन्। तर वातावरणीय असन्तुलन र विभिन्न प्रकारका प्रयोगका कारण कतिपय जीवजन्तु र वनस्पतिको अस्तित्व नै खतरामा परेको छ…

Read More