काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । बिहान बेलुका मौसम धुम्म भइरहे पनि तत्काललाई वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली र बांकी भू–भागको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ । शुक्रबार कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भ–भागमा मौसम सामान्यतया सफा रहनेछ । शनिबार दिउँसो गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली…
Author: Kathmandu Khabar
मलेखु । सयौँ मानिसको भीड । अघिअघि पञ्चेबाजासँगै युवाहरुले नाङ्गो खुडा, खुकुरी बोकेका छन् । दियो, कलश, शङ्ख, घण्ट पनि सँगसँगै छ । प्रहरी र भक्तजनले बनाएको हाते साङ्लोको घेराभित्र लामो कपाल मात्र देखिने प्रतिमूर्ति । सयौँ मानिस बाटोको दायाँबायाँ बसेर पूजापाठ र अबिर जात्रा गर्दै थिए । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–४ सल्यानकोटबाट भगवती माइको प्रतिमूर्तिलाई त्रिपुरासुन्दरी गाउँपालिका–६ हाँसेबजारस्थित माइथानबेँसी सारिएको छ । सयौँ मानिसको लावालस्करसहित रातो घुम्टोले सिँगारिएर त्रिपुरासुन्दरी भगवती माई आज बिहान माइत झरेकी छिन् । भगवतीको प्रतिमूर्तिलाई एक वर्षभित्र घर, माइत र मावली गरी तीन ठाउँमा पूजापाठ गर्ने अनौठो र रोचक परम्परा छ । यही परम्पराअनुसार आज बिहान…
सन् १६६७ मा निर्मित नारायण (भगवान विष्णु) लाई समर्पित मन्दिर ढुङ्गाले पक्की आँगनमा टाँसिएको छ र हरेक दिन बिहान बेलुका भजन मण्डलीले जीवन्त हुन्छ। मन्दिर प्यागोडा शैलीको छ र सुनको छाना र ढोका तोराना छ । मन्दिरको मुखमा रहेको पाँचवटा “गरुड” गुरुको रक्षा गर्ने कछुवाहरूले समर्थन गरेको अग्लो स्तम्भको शीर्षमा बसेका छन्। अगाडिको ढोकामा चारवटा स्तम्भहरू छन्, दुईवटा अग्लोमा शंख र डिस्कस र अन्य दुईवटा छोटो स्तम्भमा नेपालको झण्डा बोकेका सिंहका मूर्तिहरू छन् । किंवदन्तीअनुसार भक्तपुरका एक कृषक आफ्नो गह्रौं कृषि कार्यका कारण आफ्नो मन पर्ने चाँगु नारायण मन्दिर जान पाएनन् । उसले टाढैबाट प्रार्थना गर्यो र आफ्नो दैनिक कामहरू…
काठमाडौं । साँखुलाई स्कन्द पुराणले ‘लावण्य देश’ पनि भनेको छ । साँखुको निर्माण विदुषी बज्रयोगिनीले गरेको विश्वास छ । जुन कुरा नेवारी मनिशैल महावदान (बज्रयोगिनीको उत्पत्तिको इतिहास)मा उल्लेख भएको प्रकाशमान बताउँछन् । मनिशैल महावदानमा भनिएको छ, ‘शंखरापुर बन्नुभन्दा अलिमाथि बज्रयोगिनी विदुषी बस्ने ठाउँमा एक मानसपुत्र जन्मिए । बज्रयोगिनीले राजालाई दिने सबै कुरा दिँदै आइन् र राज्य समृद्ध र मजबुत बनाउने काम पनि भयो ।’ त्यही समयमा बनेको राजकुलो अहिलेसम्म पनि छ । पृथ्वीनारायण शाहको समयमा कुलो हेर्नेलाई पनेरू भनिन्थ्यो । साँखुमा अहिले पनि कुलो हेर्ने कुलैया छन् । पानी पहिले हरेक घरको सामुन्ने पुग्थ्यो । भूकम्पपछि भने धेरै ठाउँमा कुलो…
काठमाडौँ – काठमाडौं महानगरपालिकाले बिहीबारदेखि काठमाडौंमा सुर्तीजन्य पदार्थ बेचबिखनमा प्रतिबन्ध लगाएको छ । काठमाडौं महानगरपालिकाले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मंसिर २८ गतेदेखि काठमाडौं भित्र सुर्तीजन्य पदार्थ कच्चा सुर्ती, खैनी, गुट्खा प्रतिबन्ध गरिएको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै काठमाडौं महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले मंसिर २८ गतेदेखि काठमाडौं भित्र सुर्तीजन्य पदार्थ प्रतिबन्ध गरिएको बताए । उनले मंसिर २८ गतेपछि काठमाडौंमा सुर्तीजन्य पदार्थ बेच्न नपाइने र बेचेको थाहा पाए पसल समेत बन्द गर्ने बताए । उनले पसलमा बेचेको पाइए दुई पटकसम्मलाई सामान जफत गरिने तर तेस्रो पटक पनि बेचेको पाए पसल नै बन्द गर्ने चेतावनी दिए । उनले अनुगमनको लागि…
दक्षिण भारतीय फिल्म ‘सलार’ मा नेपालकी गायिका मेनुका पौडेलले गाएको गीत सार्वजनिक भएको छ। बुधबार निर्माता कम्पनी हम्बेल पिक्चर्सले ‘सुरज ही चाहो बन्के’ बोलको हिन्दी गीत रिलिज गरेको हो। गीत हम्बले फिल्म्स युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो। रिया मुखर्जीको शब्द रहेको गीतमा रवि बसरुरले संगीत भरेका छन्। गत आइतबार राती प्रसारित इण्डियन आइडलको पछिल्लो एपिसोडमा मेनुका स्वयमले भारतीय फिल्म ‘सलार’ मा गीत गाएको जानकारी दिएकी थिइन्। सोही गीत आज सार्वजनिक गरिएको हो। पौडेलले भनेकी थिइन्, ‘म एकदमै उत्साहित छु। किनभने, मलाई फिल्ममा गाउनका लागि अवसर मिलेको छ। यो ‘सलार’ फिल्मको गीत हो। यो मेरो पहिलो टर्निङ पोइन्ट हो।’ ‘इन्डियन…
काठमाडौं । बाल्टिनको पानीमा डुबेर काठमाडौंमा नाबालिकाको मृत्यु भएको छ। मंगलबार दिउँसो गोकणर्ेश्वर नगरपालिका-५ जोरपाटीको बाहुनधारा बस्ने अनेत्र बडुवालकी १९ महिनाकी छोरीको बाल्टिनको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। शौचालयमा रहेको बाल्टिनमा रहेको डुबेपछि नाबालिकालाई निकालेर नेपाल मेडिकल कलेज अत्तरखेलतर्फ लगिएको थियो। अस्पतालमा लैजाँदै गर्दा नाबालिकाको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।
पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा दुई जना मृत अवस्थामा फेला परेका छन् । गोकर्णश्वर नगरपालिका-५ जोरपाटीस्थित सडक पेटीमा बुढानीलकण्ठ नगरपालिका-११ कपन घर भएका ४५ वर्षीय राजु नेपाली बुधबार मृत अवस्थामा फेला परेका हुन् । त्यस्तै बर्दियाको ठाकुरबाबा नगरपालिका-५ खोनपुर बस्ने ६० वर्षीया रुन्ची थारु सोही ठाउँस्थित खेतमा पानी सिचाई गर्ने कुलोमा बुधबार मृत अवस्थामा फेला परेकी छन् ।
भारतको संसदीय कारबाही बुधबार ठूलो सुरक्षा उल्लङ्घनपछि अवरुद्ध भएको छ । दुई व्यक्तिले व्यवस्थापिकाभित्र धुवाँ निकालेर संसदीय कारबाहीलाई अवरोध पुराएका थिए । सुरक्षाकर्मीहरूले उक्त जोडीलाई पक्राउ गरेको थियो । साथै अन्य दुई व्यक्तिलाई भवनबाहिर हिरासतमा लिइएको थियो । तीमध्ये एकजना ओभरहेड दर्शक दीर्घाबाट संसदको तल्लो सदनको भुइँमा फाल हानेका थिए । अधिवेशनको आधिकारिक फुटेजमा एउटा उपकरण बन्द गर्नुअघि एक व्यक्तिलाई नाराबाजी गर्दै र स्तब्ध सांसदहरूको बीचको टेबलमा चढ्दै गरेको देखाइएको थियो । उपकरण बन्द भएका कारण चेम्बरमा पहेँलो धुवाँ फैलिएको थियो । उक्त जोडीको मनसाय र उनीहरू सुरक्षा जाँचबाट कसरी बच्न सफल भए भन्नेबारे स्पष्ट भएको छैन र नयाँदिल्ली प्रहरीले…
काठमाडौं । पार्टी सभापति शेरबहादुर देउवाबाट पार्टी नचल्ने भन्दै काँग्रेस महामन्त्री गगन थापाले कडा टिप्पणी गरेका छन् । बुधबार अनुपम फुड ल्याण्डमा आयोजित एक कार्यक्रममा उनले यस्तो कडा टिप्पणी गरेका हुन् । उनले सभापति देउवा एउटा गुटको मात्रै संरक्षक भएको आरोप पनि लगाएका छन् । ‘संसदीय दलको नेता फेर्न आजैबाट लागौँ। अब शेखर कोइरालाालई बनाउने अघि बढौँ’, उनले कार्यक्रममा भने, ‘देउवा नै नेतृत्वमा रहिरहने हो भने कांग्रेस यो भन्दा अझै खराब अवस्थामा पुग्छ।’ उनले सभापतिको विकल्प खोज्नका लागि अब सबै एक भएर लाग्नुपर्ने बताए । ‘एक भएर आजैदेखि पहिले नेतृत्व फेरौँ’, उनले भने, ‘त्यसपछि पार्टीभित्र र समूहभित्रका सानातिना विमत्ति मिलाउँदै…