Author: Kathmandu Khabar

हङ्गकङ्ग सरकारले करिब १८ वर्षपछि नेपालीका लागि भिसा खुलाएको छ। अब नेपाली ट्यालेन्टहरूका लागि रोजगार भिसा, तालिम भिसा र विद्यार्थी भिसा सहज बनाइएको छ। सन् २००५ मा भिसा रोकिएपछि हङकङमा नेपालीलाई प्रवेश कठिन भएको थियो। चीनको विशेष प्रशासनिक क्षेत्र हङकङका प्रमुख कार्यकारी जोन लीले बुधबार आफ्नो नीति सम्बोधनमा नेपाली प्रतिभा (ट्यालेन्ट) हरूका लागि हङकङ प्रवेशको मापदण्डमा छुट दिइएको घोषणा गरेका हुन्। एक वर्षदेखि हङकङको प्रमुख कार्यकारी रहेका लीको यो दोस्रो नीति सम्बोधन हो, जसमा उनले नेपाल, भियतनाम र लाओसबाट आउने प्रतिभाहरूका लागि भिसाको मापदण्डमा छुट दिइने उल्लेख गरेका छन्। जोन लीले आफ्नो नीति सम्बोधनको ५७ नम्बरको तेस्रो बुँदामा…

Read More

नेपाली काँग्रेस केन्द्रीय सदस्य तथा सांसद प्रदीप पौडेल नेतृत्वको टोली भूकम्पबाट प्रभावित जाजरकोटमा अस्थायी घर निर्माणका लागि काठमाडौँबाट हिँडेको छ। जाजरकोट जिल्लाको नलगाङ नगरपालिकाको वडा नम्बर ३ र ४ मा पौडेल नेतृत्वको टोलीले एक सय घर निर्माण गर्ने जनाएको छ। काठमाडौँबाट सोमबार घर निर्माणका लागि ३० दक्ष जनशक्तीसहित ४० जना नेता तथा कार्यकर्तासहित पौडेल त्यसतर्फ लागेका छन्। जाजरकोटमा काँग्रेस नेता, कार्यकर्तासहित एक सय जनाको स्वयंसेवक घर निर्माणमा सहयोगी बन्ने पौडेलका स्वकियसचिव शुभाष घिमिरेले जानकारी दिए।

Read More

नेपोलियन बोनापार्टको एउटा ऐतिहासिक टोपी झन्डै २८ करोड नेपाली रुपैयाँमा बिक्री भएको छ। प्यारिस अक्सनका क्रममा १९औँ शताब्दीमा फ्रान्समा शासन गरेका बोनापार्टको ‘ह्याट’ २१ लाख अमेरिकी डलरमा बिक्री भएको हो। जुन नेपाली रुपैयाँ २७ करोड ८६ लाख बराबर हुन्छ। अधिकांश समय उनले लगाउने गरेको यो विशेष किसिमको सैनिक टोपीको मूल्याङ्कन छ लाख देखि आठ लाख युरो गरिएको थियो। यो टोपी किन्ने व्यक्तिले आफ्नो परिचय सार्वजनिक गरेका छैनन्। इतिहासकारहरूले यो टोपी उनको ब्रान्ड जस्तै बनेको बताएका छन्। नेपोलियनले यसलाई ढल्काएर लगाउँथे र युद्धका क्रममा उनलाई टाढैबाट पहिचान गर्न सकिन्थ्यो।उनले आफ्नो जीवनकालमा १२० वटा जति यस्ता टोपी प्रयोग गरेका थिए।यद्यपि त्यसमध्ये…

Read More

जिल्ला प्रशासन कार्यालय काठमाडौँले काठमाडौँको माइतीघरमा ५ जनाभन्दा बढी भेला हुन निषेध गरेको छ । पुतलीसडकको पद्मोदय मोडदेखि सर्वोच्च अदालत, माइतीघर हुँदै नयाँ बानेश्वरसम्म कुनै पनि भेला वा प्रदर्शनजन्य कार्यक्रम गर्न नपाइने गरी प्रशासनले आदेश जारी गरेको छ। आजदेखि ३० दिनसम्म यो निषेधाज्ञा कायम हुने प्रशासनले जनाएको छ। मंसिर ७ गते काठमाडौंमा हुन लागेको प्रदर्शनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक महिनाका लागि माइतीघरदेखि नयाँ बानेश्वरसम्मको सडक क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको हो। काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जारी गरेको विज्ञप्ति अनुसार मंसिर ४ देखि ३० दिनसम्मका लागि माइतीघरदेखि नयाँ बानेश्वरसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको जनाइएको…

Read More

काठमाडौं । लगभग एक लाख ३० हजार दर्शक एउटै साझा लक्ष्यसहित मैदान वरिपरी थिए । आइतबार विश्वकै सबैभन्दा ठूलो क्रिकेट मैदान नरेन्द्र मोदी रंगशाला आकाशझै निलो थियो । सम्भवतः कुनै पनि खेलको फाइनलमा उपस्थित यो नै अहिलेसम्मकै ठूलो दर्शक संख्या हो । नहुन पनि कसरी, घरमै आयोजित आईसीसी एकदिवसीय विश्वकपको उपाधिका लागि अस्ट्रेलियाविरुद्ध खेल्दै थियो भारत । तर, आइतबार भएको फाइनल घरेलु टिमको पक्षमा रहेन । ४३औँ ओभरका अन्तिम बलमा ग्लेन म्याक्सवेलले दुई रन लिँदा मैदान स्तब्ध थियो । “कुनै पनि खेलमा एक लाख ३० हजार दर्शकलाई स्तब्ध बनाउनुजस्तो आनन्दको अनुभव अरु हुँदैन । फाइनलमा हाम्रो लक्ष्य यही…

Read More

काठमाडौँ । पछिल्लो समयमा तरकारी आपूर्ति बढेसँगै तरकारीको भाउ थोकमा सस्तिएको छ । पछिल्लो डेढ साताको बिचमा रातो आलु, काउली, मुला, बन्दा, सागलगायतका मौसमी तरकारी भाउ दोब्बरसम्म सस्तिएको छ । खुद्रामा किन्ने उपभोक्ताले थोकमा सस्तिएको तरकारीको महसुस गर्न पाएका छैनन् ।  कालीमाटी फलफूल तथा तरकारी विकास समितिका अनुसार कात्तिकको तेस्रो सातासम्म प्रतिकेजी ९० रुपियाँ थोकमा कारोबार भएको स्थानीय काउली अहिले घटेर २०  रुपियाँमा झरेको छ । सो अवधिमा रातो आलु प्रतिकेजी ९० रुपियाँबाट घटेर ६० रुपियाँमा झरेको छ । त्यस्तै मुला, बन्दा, सागलगायतका तरकारी सस्तिएको छ ।  कालीमाटी तरकारी बजारमा तरकारी किन्दै गरेकी सतुङ्गलकी कविता क्षेत्रीले थोकमा तरकारीको भाउ…

Read More

नेपालमा टिकटक बन्द गर्ने निर्णय विरुद्द सर्वोच्च अदालतमा थप ४ वटा रिट परेको छ । आज सोमबार थप ४ वटा रिट दर्ता भएको हो । यस अघि दायर १० रिट र आज दायर ४ रिट सहित कुल रिट संख्या १४ पुगेको छ ।  आज युवराज पौडेल सफल, नेपाली कांग्रेस बिपी, अधिवक्ता गीता दाहाल र कमल अधिकारी समेतले रिट दायर गरेका हुन्। सर्वोच्च अदालतले १४ वटै रिटलाई लगाव मुद्दाको रुपमा समावेश गरेकोले सबै रिटको सुनुवाई एउटै इजलाशमा हुने छ। अब १४ वटै रिटको सुनुवाई मंगलबार हुने छ । आज सोमबार पनि यस अघि परेका १० रिटमा सुनुवाईको लागि इजलाश तोकिएको…

Read More

काठमाडौं। प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले देशको पछिल्लो आर्थिक अवस्थाबारे छलफल गरेको छ। पार्टी सभापति शेरबहादुर देउवा निवासले सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतलाई बोलाएर पदाधिकारीको बैठकमा देशको आर्थिक अवस्थाबारे छलफल गराएका हुन्। देउवा निवास धुम्बाराहीमा भएको छलफलमा मन्त्री महतले आर्थिक सूचांकाकहरु सुधार हुँदै गएको ब्रिफिङ गरे। उनले पर्यटकको संख्या उल्लेखनीय रुपमा बढेको र घरजग्गाको व्यवसाय पनि राम्रो हुँदै गएको ब्रिफिङ गरेको पार्टीका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए। गत महिना हवाइ मार्गमार्फत १२ लाख १७ हजार विदेशी पर्यटक नेपाल आएका थिए। यो संख्या गत वर्षको अक्टोबरको तुलनामा ६५ हजारभन्दा बढी हो। ‘आजको मुख्य एजेन्डा नै देशको अर्थतन्त्रबारे…

Read More

अरुको दुख, समस्यामा सहयोग गर्नु र समाजमा भएका समस्याको समाधान गर्नुलाई समाज सेवा भनिन्छ । समाज सेवा भनेको समाजमा रहेर मानवको सेवा गर्नु हो । यसको मतलब समस्यामा परेका मानिसहरूलाई मद्दत गर्नु हो । समाजको सामाजिक अवस्था सुधार गर्न व्यक्ति वा संस्थाले गर्ने सेवालाई ‘समाजसेवा’ भनिन्छ । यो काम गर्नेहरुको संख्या निकै कम छ । तर समाजसेवा गरेँ भनेर ‘समाजसेवी हुँ’ भन्दै धाकधक्कु लगाउनेहरूचाहिँ तपाइँ हाम्रा गाउँ छरछिमेकमा बग्रेल्ती भेटिन्छन् । आज हामी साँचो समाजसेवीको कुरा गर्दैछौँ । साँचो समाजसेवीको भीडमा अग्रणी एक नाम हो डेण्डी शेर्पा । उनले गरेको काम प्रचारप्रसारको अभावमा कुँजिएको देखिए पनि देशभर डेण्डी शेर्पाले आफ्नो संस्थामार्फत…

Read More

यात्रा निबन्ध/ भेषराज रिजाल “यहाँ सिमलको रुख बाङ्गो थियो । त्यसकै नामबाट यस ठाउँको नाम बाङ्गेसिमल रह्यो ।” सरल भावमा बोल्नुहुन्छ ठाडा गुरु । “अब सिमलका सोझा रुखहरू हुर्के पनि यस ठाउँको नाम त बदलिँदैन नि !” “समय बलवान छ, समयले बदल्न सक्छ हरेक ठाउँ, मान्छे र चिजबिजको नाम !” “यो ठाउँको अरू कुनै नाम रहन सक्ला तर सोझेसिमल त रहन सक्दैन पक्कै !” “साँच्चै कहाँनेर रहेछ हँ त्यो बाङ्गो सिमल ॽ” ठाडा गुरुको एउटा वाक्यले हामीबीच यति तर्क–वितर्क र विचार जन्माइदियो कि बाङ्गेसिमल कटिसक्न लाग्दा पनि हँसिमजाकमा रल्लिएर गन्तव्य बिर्सिएका यात्री जस्तै हुन लाग्यौँ हामी । “बाङ्गिएको सिमल…

Read More