Author: Kathmandu Khabar

१८६२ मा मुख्तियार रणबहादुर शाहले विर्ता, गुठी र किपट जग्ग्गा जफत गर्ने घोषणा गरे । आफू बनारस रहँदा लागेको ऋण तिर्न भीमसेन थापाको सल्लाहमा ६२ जना बाह्मणहरूले पाएको विर्ता, गुठी र राईहरूको किपट जग्गा जफत गर्ने घोषणा गरे। यसैलाई नेपालको इतिहासमा ‘बासठ्ठी हरण’को नाम दिइएको छ। यसै घटनालाई ६२ हरण, बिर्ता हरणको नामले चिनिन्छ। त्यो बिर्ताहरणले शताब्दीदेखि पाएका बिर्तावाला भएका ब्राह्मणलगायत सबैजसो जातिमा ठूलो हलचल ल्यायो। राजा रणबहादुर शाह वि.सं. १८५८मा राज्य त्याग गरी बनारस गएका थिए। बनारसमा बस्दा अंग्रेजले सहयोग नगरेको  तथा धन सकिएर बिजोग स्थिति भएपछि वि.सं. १८६२मा पुनः नेपाल फर्किए र दामोदर पाण्डे लगायत केही भारदारको हत्या…

Read More

डिल्लि बिसी राजनीतिक दलले निश्चित दर्शन र सोहीबमोजिमको कार्यक्रमका आधारमा देशको समग्र विकास गर्न सक्छन् । यदि देशको राजनीतिक शक्ति सन्तुलन, भौगोलिक अवस्था, सामाजिक संरचना, आर्थिक अवस्था र सांस्कृतिक परम्परामा यथास्थितिवाद छ भने त्यसको समग्र परिवर्तन खाँचो छ । समातामूलक, समुन्नत समाज निर्माणका लागि सोहीबमोजिमको कार्यनीतिका आधारमा मात्रै जनमतसहितको आमूल परिवर्तन हुन्छ । यसका लागि बलियो राजनीतिक शक्तिले मात्रै जनजनमा परिवर्तन गर्न सक्छ । देशको विकास भनेको राजनीतिक शासन प्रणालीमा परिवर्तन मात्रै हैन, मानसिक चिन्तनमा पनि परिवर्तन हुन आवश्यक छ । त्यस कारण दृश्य वा भोग्य वस्तुको जनचाहनाअनुरूपको परिवर्तनसँगै जनचिन्तनमा पनि सोही अनुरुपको परिवर्तन अनिवार्य छ । वर्तमान राजनीतिक शक्तिबाट यस प्रकारको परिवर्तन…

Read More

रोजगारीको सिलसिलामा पोर्चुगलमा रहेका जिल्लाको कुश्मा नगरपालिका–१३ खौलाका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारको क्रममा मृत्यु भएको छ।  रोजगारीका लागि करिब छ महिना अगाडि पोर्चुगल पुगेका उनलाई एउटै कोठामा बस्दै आएका ‘रुम पार्टनर’ स्याङ्जाको पुतलीबजार नगरपालिका–१२ पेल्काचौरका ३० वर्षीय लोकेन्द्र गुरुङले गत कार्तिक २९ गते नेपालमा तिहार मनाइरहेको दिनमा सामान्य भनाभनकै क्रममा छुरा प्रहार गरेर घाइते बनाएका थिए। हाल पोर्चुगलमा नै रहेर घटनाका बारेमा सामाजिक सञ्जाल फेसबुकमा राखेका रमेशराज बास्तोलाका अनुसार उपचारकै क्रममा धनबहादुरको बिहीबार मृत्यु भएको छ।  धनबहादुरका छिमेकी कुलबहादुर के.सी.ले आफूलाई सुन्नमा आए अनुसार जङ्गल हाउसमा रहेको कोठामा चार जना बस्दै आएको र घटना हुँदाका दिनमा एक जना काममा,…

Read More

काठमाडौं : नेपाल र भारतका सेनाबीच संयुक्त सैन्य अभ्यास भारतको उत्तराखण्डस्थित पिथौरागढमा सुरू भएको छ। सैन्य अभ्यासमा नेपाली सेनाका ३३४ जना र भारतीय सेनाका ३५४ जना सहभागी छन्।नेपाली सेनाको नेतृत्व प्रमुख सेनानी सुवास केसीले गरिरहेका छन् भने भारतीय सेनाको कुमाओन रेजिमेन्टका एक बटालियनले गरिरहेको भारतको रक्षा मन्त्रालयले जानकारी दिएको छ। मंसिर २१ सम्म चल्ने संयुक्त सैन्य अभ्यास प्रति विद्रोह, प्रति आतंकवाद युद्धकला, र विपद् व्यवस्थापनमा केन्द्रित हुनेछ। १७औं संस्करणको यो संयुक्त अभ्यासलाई ‘सूर्य किरण’ नाम दिइएको छ। गतवर्ष नेपाल र भारतीय सेनाबीच १६औं संस्करणको संयुक्त अभ्यास रुपन्देहीस्थित सालझण्डीमा भएको थियो।  दुई देशका सेनाबीच हुने अभ्यासले वर्षौं पुरानो पारस्परिक सम्बन्धलाई प्रगाढ बनाउने र दुई देशका सेनाहरूबीच…

Read More

बाँकेको नरैनापुर गाउँपालिका निवासी प्रसिद्ध सुफी सन्त, धार्मिक सदभावका अगुवा सैयद मुस्ताक अहमद साहको ७८ वर्षको उमेरमा निधन भएको छ ।  केही समयदेखि उपचारको क्रममा भारतको दिल्लीस्थित मेक्स अस्पतालमा भर्ना भएका सुफी सन्त साहको विहीबार राति उपचारकै क्रममा निधन भएको उनका भाइ तथा नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद साहले बताए ।  बाँकेमा हिन्दु मुस्लिम एकताको प्रतीकको रुपमा रहेको नरैनापुरको प्रसिद्ध धार्मिक स्थल आस्ताना ए हजरत खलीफा नूर अहमद साहको मजार शरीफको उहाँ उत्तराधिकारी थिए । साहले कुरानका साथै श्रीमद् भगवद गीताको पनि अध्ययन गरेका थिए  । सुफि साहको निधनबाट नरैनापुर गाउँपालिकाका साथै समग्र बाँकेमा रहेका उनका अनुवाईहरु गहिरो शोकमा छन्…

Read More

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले राजावादीहरु नलिखुट्टाको हड्डी फुकेर राजा फर्काउन भन्दै हिँडेको टिप्पणी गरेका छन् । पार्टीको युवा संगठन राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले चेतना नभएका मुर्खहरु जनताले वाक्कदिक्क भएर फालेको राजतन्त्र फर्काउन हिँडेका टिप्पणी गरेका हुन् । चेतना नभएका केही मूर्खहरु मरेको प्रेतका पछाडि नलिखुट्टाको हड्डी फुकेर राजतन्त्र फर्काउँछु भनेर लागेका छन् । युवा संघ यस्तो बेलामा मैदानमा उत्रियो,’– ओलीले भने । युवा संघले ‘देश संकटमा परेको बेला हामी यहाँ छौं काँध थाप्छौं’ भनेको भन्दै ओलीले प्रशंसा गरे । साथै, परिवर्तको रक्षाका लागि विशाल आन्दोलनको आवस्यकता पर्नसक्ने भन्दै उनले तयारी…

Read More

अर्थमन्त्री डा. प्रकाशशरण महतले शिक्षा र रोजगारीका लागि विदेश जान नपर्ने वातावरण नेपालमै सिर्जना भइरहेको बताएका छन् ।  शुक्रबार नुवाकोट जिल्ला भलिवल संघद्वारा आयोजित प्रथम अन्तरपालिका स्तरीय विद्यालय छात्र भलिबल प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले भने, ‘‘नेपालमै विकास हुन्छ, नेपालमै रोजगारीका अवसर बढ्छन् । विस्तारै विदेश जानु नपर्ने अवस्था यहाँ सिर्जना हुन्छ । जलविद्युत आयोजनामा लगानी भइरहेको छ, पर्यटकको संख्या बढ्दैछ । कृषि क्षेत्रमा लगानी बढ्छ, सुचना प्रविधिमा धेरै युवाहरु लागेर आम्दानी गरिरहेका छन् ।’’ मन्त्री महतले सामाजिक सञ्जाल प्रयोग गरेर जनतामा भ्रम फैलाउन प्रयास भइरहेको बताएका छन् । केही व्यक्तिहरुले जनताको भावनामा खेलेर आफ्नो कुन्छित उद्देश्य…

Read More

कागेश्वरी मनहरा नगरपालिका–१, काठमाडौंको जंगलमा कागेश्वरीधाम छ। जंगल बीचमा रहेको धाममा, शिवलिंग मन्दिर, कागको सुनौलो प्रतिमा र झरना छन् । यस धाममा शिवलिंगसँगै कागको पूजा गरिन्छ।  कागेश्वरी महादेव कागले पत्ता लगाएको जनविश्वास छ। किंवदन्तीअनुसार उहिल्यै गागल गाउँको माथिल्लो भेगमा मानिस गोठ बनाएर बस्थे। त्यहाँ गोठालाहरू गाइको दूध उमालेर राख्थे। तर, सधैं दूधको तर हराउँथ्यो। एक दिन गोठालाले चियो गर्दा दूधको तरलाई कागले खुट्टाको पञ्जाले सोरेर लाँदै गरेको देखेछन्। त्यो कागलाई गोठालाले पच्छाएछन्। पच्छ्याउँदै जाँदा अहिले कागेश्वरी मन्दिर भएको ठाउँको शिवलिंगमा कागले दूधको तर चढाएको देखियो। त्यही बेलादेखि कागेश्वरी महादेव भन्न थालियो। त्यस्तै, श्रीस्वस्थानी व्रतकथाअनुसार महादेवले मृत सतिदेवी बोकेर हिँड्दा उनको मुटु…

Read More

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले व्यवस्था बदल्ने भन्दा पनि नेताहरुको आचरण बदल्न आवस्यक रहेको बताएका छन् ।  शुक्रबार अर्घाखाँचीमा कांग्रेस जिल्ला समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान व्यवस्थाको विकल्प खोज्न थाले जुनी त्यसै खेर जाने बताएका हुन् । उनले नेताहरुले गरेको गल्तीको भारी व्यवस्थालाई बोकाउन नहुने बताए । ‘गल्ती र कमजोरीहरू भएका छन् । यो गल्तीको भारी व्यवस्थालाई बोकाएर हुँदैन । सच्याउने हो । समस्या जहाँ छ, त्यहीँ सुधार गर्नुपर्छ,’– उनले भने । साथै, उनले प्रधानमन्त्री र पूर्व प्रधानमन्त्रीहरु बसेर देश डुब्न लाग्यो भनेर छलफल गर्दा अहिलेको परिस्थिति निर्माण भएको बताए ।

Read More

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) जितेन्द्र बस्नेतले दुर्गा प्रसाईंलाई नजरबन्दमा नराखिएको बताएका छन्। काठमाडौं छिरेदेखि नै उनलाई सुरक्षा दिइराखिएको बस्नेतले बताए। ‘उहाँलाई हामीले नजरबन्दमा राखेको छैन। सुरक्षाका निम्ति आज मात्र होइन, उहाँ काठमाडौं छिरेदेखि, बाटोदेखि नै सुरक्षा प्रदान गर्दै आइराखेको हो,’ उनले भने, ‘उहाँकोसुरक्षाचुनौतीविश्लेषणगरेरघरमापनिसुरक्षाप्रदानगरिएकोहो।नजरबन्दगरिएकोछैन। उहाँ पत्रकार सम्मेलन गरेर बसिरहनु भएको छ, अफवाह फैलाइरहनु भएको छ। कानुनलाई चुनौती दिइराख्नु भएको छ।’प्रसाईंलाईशान्तिपूर्वकचल्नेगरीअघिबढ्नउनलेसुझावदिएकाछन्। प्रसाईंले कार्यक्रम गर्न तीनकुनेमा अनुमति नलिएको पनि बस्नेतले बताए। ‘संविधानमा प्रदत्त नागरिकको अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी हक र बिना हातहतियार भेला भएर शान्तिपूर्वक कार्यक्रम गर्न पाउने हकको सम्मान गर्दै हामीले यस्ता अराजक भिड, जसले कानुन हातमा लिन खोजिराखेको छ। त्यस्ता…

Read More