अन्तर्राष्ट्रिय स्तरको सबैभन्दा लामो २४८ किलोमिटर राफ्ट दौड प्रतियोगिता द ग्रेट कर्णाली क्वेस्ट २०२४ मार्च ८ देखि १३ तारिख सम्म नेपालमा हुने भएको छ । नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सिज, नेपाल नदी संरक्षण संस्था एनआरसिटी र कर्णाली बेसिन संरक्षण प्रतिष्ठानको संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय स्तरको सबैभन्दा लामो २४८ किलोमिटर राफ्ट दौड द ग्रेट कर्णाली क्वेस्ट, २०२४ हुन लागेको हो ।
नाराले काठमाडौँमा आइतबार पत्रकार सम्मेलन गर्दै कर्णाली क्षेत्रको पर्यटन प्रवद्र्धनको लागि अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता लागेको जनाएको छ । प्रतियोगितामा १६ टिमको लागि फेब्रुअरी ५ देखि २४ सम्म खुला गरेको छ । अहिलेसम्म ६ अन्तर्राष्ट्रिय टिम सहभागिता हुने निश्चित भइरहेको पनि आयोजकले जनाएको छ ।
द ग्रेट कर्णाली क्वेस्ट दैलेख जिल्लाको आठबिस नगरपालिकाको राकम कर्णालीबाट कैलाली जिल्लाको दौलतपुर घाटसम्म राफ्ट दौडले कर्णाली नदीको किनारमा २४८ किलोमिटर पार गर्नेछ ।
पत्रकार सम्मेलनमा बोल्दै द ग्रेट कर्णाली क्वेस्टका अध्यक्ष मेघ आलेले विश्वका देशहरूको राफ्ट दौडको लागि कर्णालीमा आँखा रहेकाले तत्काल द ग्रेट कर्णाली क्वेस्ट राफ्ट दौड गर्न लागेको बताए । उनले द ग्रेट कर्णाली क्वेस्ट दौडले कर्णालीको ब्रान्ड,आर्थिक पर्यटन र कर्णालीको दिगो पर्यटनलाई समेत जोड्ने बताए । उहनले कर्णाली नदीलाई सरकारले पनि संरक्षण गर्न आवश्यक रहेको बताए ।
अध्यक्ष आलेले द ग्रेट कर्णाली क्वेस्ट राफ्ट दौडमा ६ जनाको टिम हुने बताए । उनले द ग्रेट कर्णाली क्वेस्ट राफ्ट दौडमा भाग लिने टिमले ४५० डलर शुल्क तिर्नुपर्ने बताए । उनले द ग्रेट कर्णाली क्वेस्टको पुरस्कार ३ हजार डलर राखिएकोमा ४ हजार डलर पुग्ने अपेक्षा रहेको बताए । उनले द ग्रेट कर्णाली क्वेस्टको लाइभ समेत गरिनेछ ।
नेपाल एसोसिएसन अफ राफ्टिग्ङ एजेन्सिजका अध्यक्ष शिव अधिकारीले पर्यटन बोर्डमा राजनीतिक खिचातानी हुँदा पर्यटन प्रवद्र्धन गर्ने कामहरू हुन नसकेको बताए । उनले कार्यक्रमहरू गर्न बोर्डले प्राप्त बजेट हुँदा हुँदै पनि नदिँदा समस्या भइरहेको बताए । उनले द ग्रेट कर्णाली क्वेस्ट ठुलो परियोजना भएकाले सबै मिलेर सफल बनाउन आवश्यक रहेको बताए ।