

काठमाडौं । आजदेखि काठमाडौंमा साउन एसिया फिल्म महोत्सव सुरु हुने भएको छ । बिहान ९ बजेदेखि ललितपुरको यलमाया केन्द्रमा चारदिने महोत्सवको सुरुवात हुन लागेको हो ।
‘डकुमेन्ट्री इन एन्थ्रोपोसन’ थिममा हुन लागेको यो महोत्सवको चौथौ संस्करण हो । यसमा विभिन्न ९ देशका ४७ वटा लघु चलचित्र र वृत्तचित्र प्रर्दशन गरिने बताइएको छ । महोत्सवमा नेपालसहित भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्कालगायतका नौ देशका चलचित्र प्रदर्शन हुँदैछन् ।
महोत्सवमा पहिलो दिन तीनवटा हलमा विद्यार्थीहरुद्वारा सिर्जित सात लघु चलचित्र प्रदर्शन गर्ने तयारी रहेको छ ।