काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले फुटपाथ व्यवसायीमाथि भएको ज्यादतीको चर्को विरोध गरेको छ । आज प्रतिनिधिसभा बैठकमा सो पार्टीका सासंद हरी ढकालले गीतमार्फत काठमाडौँ महानगरको कदमप्रति आपत्ति जनाएका हुन् । अस्ति साँझ सुन्धारमा भएको घटनाको सत्यतथ्य छानविन गर्न उनले मागसमेत गरे । महानगर प्रमुख बालेन्द्र (बालेन)साहकै गीतको सहारा लिएर सांसद ढकालले भने, ‘प्रकाश सपुतको गीत यो देश मेरो पनि हैन र भन्ने गीत सम्झन चाहन्छु । स्थानीय निकायको चुनावताका गरिबको चमेली बोलिदिने कोही छैन भन्ने गीत गुञ्जायमान भएको पनि सम्झन चाहन्छु, अस्ति राति काठमाडौँ महानगरपालिकाले फूटपाथ व्यवसायीमाथि गरेको ज्यादतीको निन्दा गर्न चाहन्छौँ । सरकारलाई उक्त घटनाको छानबिन गर्न ध्यानाकर्षण गराउन चाहन्छौँ…
Author: Kathmandu Khabar
हरिबहादुर थापा जनसङ्ख्या र जलस्रोतको उपलब्धताको अनुपातका आधारमा नेपाललाई जलस्रोतको धनी देश मानिएको हो । मुलुकका विभिन्न भाग भएर बग्ने छ हजारभन्दा बढी नदी, नाला तथा खोला विभिन्न प्रयोजनका लागि उपयोग भइरहेका छन् । भोलिका लागि योजना तर्जुमा भइरहेका खानेपानी, जलविद्युत्, सिँचाइ, यातायात, आमोदप्रमोदजन्य तथा अन्य कार्यका लागि पनि यिनै स्रोतहरूलाई प्रमुख रूपमा प्रस्ताव गरिएका छन् । मुलुकमा विद्यमान यी नदी प्रणाली केवल पानीलाई बगाउने प्राकृतिक खोँच वा प्रशासनिक एकाइका सिमाना मात्र नभएर जीव, प्रकृति अनि समग्र पर्यावरणीय प्रणालीको आधारभूत अङ्ग पनि हुन् । नदी प्रणालीलाई जोखिमयुक्त स्रोत मानी पानीको समुचित उपयोग, संरक्षण, व्यवस्थापन र विकास गर्ने उद्देश्यका साथ जलस्रोत…
काठमाडौं । वित्त आयोगमा नियुक्त भएका अयुक्तहरूको शैक्षिक योग्यता नपुगेकोले उनीहरूको नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा बिहीबार रिट दर्ता भएको छ । अधिवक्ता अनिल आचार्य, दीपकराज जोशी, दामोदर तिम्सिना र चूडामणि भण्डारीले राष्ट्रपतिको कार्यालय, नेपाल सरकार, मन्त्रीपरिषद्, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, संवैधानिक परिषद्, राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोग, राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोग, राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोग, सदस्यद्धय जुद्धबहादुर गुरुङ र विपिनराज निरौलालाई विपक्षी बनाइ रिट दर्ता गरेका हुन । सर्वोच्चमा दर्ता गरिएको उक्त रिटमा उत्प्रेषण परमादेश लगायत अन्य जो चाहिने उपयुक्त आदेश जारी गरी पाउँ भनी माग गरिएको छ । आयोगको वेबसाइटमा अपलोड गरिएको…
काठमाडौँ- काठमाडौँ महानगरपालिकामा करिब दुई लाख करदाताले नियमित कर नतिर्ने गरेको पाइएको छ । कामपामा दर्ता भएका करदाता तीन लाख १२ हजार भए पनि दुई लाखले नियमित कर नतिर्ने बताइएको छ । लामो समयदेखि दर्ता प्रक्रियामा नै नआएर कर तिर्नका लागि आलटाल गरिरहेका करदातालाई नियमअनुसार समावेश गर्नका लागि कामपाले वडास्तरीय अनुगमन गरी नियमसंगतरूपमा ल्याउने तयारी गरेको कामपा राजस्व विभाग जनाएको छ । यसरी कर तिर्नका लागि आलटाल गर्नेमा सबैभन्दा धेरै बहाल करमा करिब एक लाख करदाता रहेको छन् । त्यस्तै व्यवसाय कर, मनोरञ्जन कर र विज्ञापन करमा एक लाखको हाराहारीमा रहेको कामपा राजस्व विभागका प्रमुख ध्रुव काफ्लेले जानकारी दिए। उनका अनुसार…
काठमाडौं । काठमाडौं महानगरपालिकाले भवन निर्माण इजाजतका लागि नयाँ नक्सा दर्ता गर्दा घरधनीको बायोमेट्रिक लिन सुरु गरेको छ । मंगलबारदेखि सहरी व्यवस्थापन विभागको रजिस्ट्रेसन डेक्सबाट यो सेवा सुरु गरेको हो । विभागका स्ट्रक्चरल इन्जिनियर सन्तोष पाण्डेका अनुसार अहिले बुढी औँला र चोर औँलाको चिह्न लिइन्छ । यसलाई अद्यावधिक गरेर रेटिना र हस्ताक्षरसहितको बनाउने योजना छ । पाण्डेका अनुसार अहिले केन्द्रमा थालिएको सेवा सबै वडामा विस्तार गरिने छ । इविपिएस प्रणालीबाट आवेदन दिनुअघि इन्जिनियरले नक्सा बनाउँछन् । यससँग सम्बन्धित कागजात संकलन गरेर फाइल (बुकलेट) तयार हुन्छ । यो डकुमेन्ट अनलाइनबाट भवन निर्माण इजाजतका लागि पेस गरिन्छ । सामान्यतया, यो प्रक्रियाका लागि घरधनीले इन्जिनियर वा परामर्शदाताको सहयोग लिएको हुन्छ । यसरी पठाएको…
काठमाडौं । आजका दिनमा ‘सिद्धेश्वर महादेव मन्दिर’ कपनको फाँट क्षेत्रको ‘आइकोनिक प्लेस’ हो । ३० वर्ष पहिले तत्कालिन कपन गाविस वडा नं. ३ बेखमा पर्ने यो सार्वजनिक डाँडोबाट धोविखोलादेखि हाँडीगाउँ विशालनगरसम्मको फाँट दृष्यावलोकन गर्न सकिन्थ्यो । ५० को दशकको सुरूवातसँगै बस्ती विकास हुन थालेपछि यो सार्वजनिक जमिनमा सबैको आँखा पर्न थाल्यो । सार्वजनिक जग्गाको आसपासमा बस्तीहरू बस्न थाले । यसैक्रममा सार्वजनिक जग्गा बचाउनका लागि भन्दा पनि डाँडोमा एउटा मन्दिर बनाउने अभिप्रायले स्थानीय तथा तत्कालिन कपन गाविसको सक्रियतामा बेख डाँडामा सिद्धेश्वर महादेव मन्दिर बन्न पुग्यो । टार आकारको बेख डाँडो हाल सिद्धेश्वर मन्दिर भएको ठाउँदेखि हाल ह्याण्डमैदानसम्म(माउण्ट कैलाश स्कूल) दक्षिणबाट उत्तरतिर…
काठमाडौं । काठमाडौं महानगरपालिकाले सांस्कृतिक सम्पदाका बारेमा जानकारी दिन विभिन्न स्थानमा क्युआर कोड राखेको छ । सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक महत्व बोकेका स्मारक भ्रमण गर्न आउने पर्यटकको सहजताका लागि विभिन्न स्थानमा क्युआर कोर्ड राखिएको हो । क्युआर कोर्डमा स्क्यान गरी नन्दीकेशर मन्दिर, शंकरकीर्ति महाविहार र नक्साल भगवती मन्दिरको बारेमा जानकारी लिन सकिने वडा नम्बर १ का वडाध्यक्ष भरतलाल श्रेष्ठले बताए । उनका अनुसार क्युआर कोर्डमा विभिन्न १० भाषामा आवाजसहितको विवरण छ । ‘अहिले घुम्न आउने जसले पनि स्मार्ट फोन बोकेको हुन्छ । क्युआर स्क्यान गरेपछि मन्दिरको प्राचीन इतिहास, यससँग सम्बन्ध जोडिएका जात्रा पर्व, सामाजिक तथा धार्मिक संस्कारलगायत विषय जान्न कसैलाई सोध्नु…
काठमाडौं। तालिम दलबाट निर्वाचित भएपछि नेपाल स्काउटको प्रमुख आयुक्तमा महेन्द्रराज रञ्जित नियुक्त भएका छन् । सरकारले नेपाल राष्ट्र बैंकमा करिव तीन दशक काम गरेर अवकाश पाएका महेन्द्रराज रञ्जितलाई स्काउटको प्रमुख आयुक्तमा नियुक्त गरेको हो। प्रमुख आयुक्त बनेपछि महेन्द्रराज रञ्जितले आफ्नो भिजन अनुसार अगाडि बढी युवाको क्षमता अभिवृद्धिमा पनि आफू लाग्ने बताएका छन् । ‘हामीले हाम्रो भिजन अनुसार काम गर्ने हो, सन् २०३२ सम्मको भिजन हामीले तयार गरिसकेका छौं, सोही अनुसार हामी अगाडि बढ्छौं, ‘उनले भने, ‘युवाको क्षमता अभिवृद्धि गर्दै यस संस्थामा युवालाई आबद्ध गर्नतर्फ हाम्रो ध्यान केन्द्रित हुनेछ।’ स्काउट जस्तो मर्यादित संस्थाको मूल्य मान्यतालाई कायम राख्दै अनुशासित तथा देशभक्त समाज…
काठमाडौं । बुढानिलकण्ठ नगर अस्पतालको निर्देशकमा महोत्तरी बलेवाका डा. सुधांशु झा सिफारिस भएका छन् । फागुन १६ गते भएको अन्तर्वार्ताबाट उनी छनौट भएका हुन् । प्रारम्भिक छनौटमा रहेका तिन जना मध्यबाट झालाई निर्देशक पदमा छनौट गरिएको नगरपालिकाले जनाएको छ । ।अस्पताल निर्देशक ( नवौ ) तहको सो पदका लागि तीन जनाको नाम प्रारम्भिक छनौटमा परेको थियो ।
काठमाडौँ । नेपालमा बरामद भएको रक्तचन्दन मन्त्रीपरिषद्बाट पटक पटक निणर्य गरेर उत्पत्तिको देश भारत पठाउन खोजिए पनि नेपालको प्रयास सफल हुन सकेको छैन । उत्पत्तिको देश भारतले लैजाने प्रबन्ध नगर्दा एक लाख ७३ हजार ७१ केजी ७९२ ग्राम रक्तचन्दन कुहिन थालेको छ । अवैध रूपमा भारतबाट ल्याइएको यो रक्तचन्दन बरामद गरी लामो समयदेखि २० जिल्लामा थन्क्याएर राखिएको छ । दुर्लभ वन्यजन्तु तथा वनस्पतिको व्यापार महासन्धि (साइटिस) प्रावधान अनुसार वैधानिक रूपमा बिक्री गर्न नपाइने भएकाले नेपाल सरकारले यो रक्तचन्दन पटक पटक आग्रह गर्दासमेत भारतले लैजान चासो दिएको छैन । भारतबाट ल्याएर नेपाल हुँदै चीन र तेस्रो मुलुकमा तस्करी गर्ने क्रममा यो रक्तचन्दन नेपालमा नियन्त्रणमा लिइएको हो ।…