काठमाडौं खबर फाल्गुन ६, २०८०
काठमाडौँ — मेलम्ची खानेपानी परियोजनामा अनियमितता गरेको भन्दै नेपाल सरकारका तीन पूर्वसचिव भीम उपाध्याय सहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उपाध्यायसहित १८ जनामाथि आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
पूर्वसचिवहरू सञ्जय शर्मा र गजेन्द्र ठाकुरसहितलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो ।उपाध्यायसहित तीनै जना खानेपानी मन्त्रालयका पूर्वसचिव हुन् ।यसैगरी मेलम्ची खानेपानी विकास समितिका बोर्ड सदस्य मुकुन्दप्रसाद पौडेल र रुद्रसिंह तामाङ, कार्यकारी निर्देशकहरू घनश्याम भट्टराई, रामचन्द्र देवकोटा र सूर्यराज कँडेलसहित १५ नेपाली र परामर्शदातासहित तीन विदेशीलाई पनि प्रतिवादी बनाइएको छ ।