काठमाडौं । प्रेस काउन्सिलले विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरुलाई ल्यापटप र क्यामरा खरिदमा अनुदान दिने भएकोछ ।काउन्सिलद्वारा प्रकाशित सूचनामा ३० वटा ल्यापटप र ६ वटा क्यामरा खरिदका लागि अनुदान दिन लागेको जनाइएको छ।
सूचनामा एक ल्यापटप बराबर ४० प्रतिशत रकम उपलब्ध गराउने उल्लेख छ । ६ वटा क्यामरा खरिदमा ३० देखि ४० प्रतिशत अनुदान दिइनेछ । त्यस्तै, १० जना पत्रकारलाई लेखनवृत्ति र ७ जनालाई सोधपत्र लेखनमा सघाउने पनि काउन्सिलले जनाएको छ । एउटा सञ्चारकेन्द्र स्थापनामा पनि अनुदान दिने जनाइएको छ ।
मिडिया विकास कोषको स्वीकृत योजनाअनुसार चालु आर्थिक वर्षमा दिइने उक्त अनुदानका लागि तोकिएको शर्त पूरा गरी ३५ दिनभित्र आवेदन दिन सकिने काउन्सिले जनाएको छ । पत्रकार वा सञ्चारगृहबाट एकमात्र सुविधानका लागि आवेदन दिन सक्ने शर्त राखिएको छ । दुर्गम, स्थानीय सञ्चारमाध्यम र यसअघि उपलब्ध नभएका जिल्लालाई पहिलो प्राथमिकता दिइने सूचनामा उल्लेख छ । निवेदनमा निवेदकको हस्ताक्षर, सम्पर्क नम्बर र इमेल अनिवार्य हुनुपर्नेछ ।