काठमाडौं । पाटन उच्च अदालतले ईपीएस परीक्षामा सहभागी सबैलाई परीक्षामा सहभागी गराउन ईपीएस कार्यालयलाई आदेश दिएको छ । सबैले परीक्षामा सहभागी हुन पाउनुपर्ने माग गर्दै भएको प्रदर्शनमा दुई जनाको ज्यान गएपछि शुक्रबार अदालतले यस्तो आदेश दिएको हो ।
रोजगार अनुमति प्रणाली ९इपिएस० आवेदन फारम भर्न नपाएको भन्दै केही युवाले बालकुमारीमा गरेको प्रदर्शनमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला सवार सवारीमा आगजनी गरेपछि प्रहरीले गरेको फायरपछि दुई जनाको ज्यान गइसकेको छ ।
न्यायाधीश चन्द्रमणि ज्ञवालीको इजलासले सबैलाई ईपीएस भाषा परीक्षामा सहभागी गराउन आदेश दिएको हो । सिपबिल्डिङमा परीक्षा दिएकाहरुले कोरिया भाषा परीक्षामा भाग लिन नपाउने भनेपछि १८ जनाले पाटन उच्च अदालतमा मुद्दा हालेका थिए । अदालतले पनि भाषा परीक्षामा भाग लिन फर्म भर्न दिनू भनेर आदेश दिएको थियो ।
ग्वार्कोस्थित इपिएस कार्यालयमा युवाहरु बिहानदेखि भेला भएर आन्दोलन गरिरहेका थिए । करिब तीन हजारको हाराहारीमा ईपीएसपीडितहरू जम्मा भएको सो प्रदर्शनमा प्रहरीले माइकिङ समेत गरेर पछि हट्न अनुरोध गर्दा पनि भिड अराजक बनेको भन्दै प्रहरीले अश्रु ग्यास प्रहार गरेको थियो ।