काठमाडौं खबर मंसिर १३, २०८०
काठमाडौं। अहिले सुन तोलाको सवा लाखको हाराहारीमा पुगेको छ । सुनको मूल्य घट्ने-बढ्ने भैरहन्छ । यसको इतिहासलाई हेर्दा पनि यसको मूल्यमा तल माथि भइरहेको बुझ्न सकिन्छ।
विक्रम संवत् १९६३ सालको एउटा पत्र अनुसार त्यतिबेला सुन जम्मा २४ रुपैयाँमा एकतोला आउने गरेको भेटिएको छ।राणा प्रधानमन्त्री चन्द्रशमशेरको समयमा कलकत्ताबाट झिकाएको सो सुनको मूल्य २४ रुपैयाँमा पाइएको हो।
सो पत्रअनुसार कम्पनी रुपैयाँ दुई लाख तीन हजार ३९८ खर्च गरी इङ्गलिश गोल्ड आठ हजार चार सय छब्बीस तोला छ मासा र साढे छ लाल सुन खरिद गरेको भेटिएको छ । यसलाई तोलामा हिसाब गरेर हेर्दा प्रति तोला जम्मा २४ रुपैयाँमा सुन खरिद गरेको भेटिएको छ । यो विषय विक्रम संवत् १९६३ साल को श्री ३ चन्द्र शमशेरको रुक्का भेटिएको हो ।