

काठमाडौ । काठमाडौ महानगरपालिकाका तीन जना वडाध्यक्षले मेयर बालेन्द्र शाहले दिएको जिम्मेवारी अस्वीकार गरेका छन् । बालेनले यसअघि विभिन्न जिम्मेवारीमा रहेका वडाध्यक्षलाई कारबाही गर्दै जिम्मेवारी हेरफेर गरेका थिए ।
आइतबार विज्ञप्ति निकाल्दै तोकिएका जिम्मेवारीहरु कार्यपालिकाको बैठकबाट अनुमोदन नभएकाले आफूहरुले त्यसलाई स्वीकार नगरेको उल्लेख गरेका छन्। उनीहरूले कार्यपालिकाबाट अनुमोदन भएर आएको खण्डमा आफूहरू सो जिम्मेवारी स्वीकार्न तयार रहेको स्पष्ट पारेका छन् ।
जिम्मेवारी अस्वीकार गर्ने वडाध्यक्षहरुमा सुशासन समिति संयोजकको जिम्मेवारी पाएका वडा नम्बर ३० का अध्यक्ष दलबहादुर कार्की, सम्पदा तथा पर्यटन समितिको जिम्मेवारी पाएका वडा नम्बर २४ का अध्यक्ष विनोद कुमार राजभण्डारी र सूचना प्रविधि समितिको जिम्मेवारी पाएका वडा नम्बर ५ का वडाध्यक्ष वीरेन्द्र प्रजापती रहेका छन्।
यस्तो छ उनीहरूले जारी गरेको विज्ञप्ति :