

काठमाडौं । अब ब्याचलर्स र भाषा पढ्नका लागि कोरिया जान नपाइने भएको छ । भाषा अध्ययनको डी२ र डी४ को अध्ययन एवं स्नातक तह पढ्नका लागि जाने विद्यार्थीहरू समस्यामा पर्ने गुनासाहरू आएपछि सरकारले सो तहका लागि एनओसी नदिने भएको हो ।
यसअघि नै परराष्ट्र मन्त्रालयले सो तहको अध्ययनका लागि जाने विद्यार्थीहरू समस्यामा पर्ने गरेको भन्दै एनओसी रोक्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई पत्र पठाएको छ । सो पत्रअनुसार मन्त्रालयले निर्णय भने गरिसकेको छैन । तर हालका लागि सोसम्बन्धी काम रोकिएको छ । मन्त्रालयको निर्णयपछि यो औपचारिक रूपमा रोकिने छ ।
सिओलस्थित नेपाली दूतावासले भन्यो- कन्सल्टेसीहरुबाट अन्डर ग्राजुयटमा आउने विद्यार्थीको समस्या विकराल छ, आर्थिक अवस्थाका कारण लिभिङ टुगेदरमा बसेर ब्ल्याकमेल गर्ने घटनाहरू बढेको बारे अनुसन्धानको काम भइरहेकाले केही समयपछि कोरियाको एनओसीबारे निर्णय आउने शिक्षा मन्त्रालयले जनाएको छ ।