

काठमाडौँ । कुलमान घिसिङलाई हटाएर नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनेका हितेन्द्रदेव शाक्यले आज श्वेतपत्र जारी गर्दैछन् ।
मन्त्रीको निर्देशनमा कुलमान घिसिङको पालामा प्राधिकरण घाटामा गएको देखाउनका लागि अनेक तिग्डम गरेर प्राधिकरणको वित्तीय विवरण निकाल्न लागिएको स्रोतले जनाएको छ।
स्रोतका अनुसार अहिले प्राधिकरण करिब ५ अर्ब घाटामा रहेको देखाउन लागिएको छ जसमा सञ्चित नाफालाई छाडेर रासकट्टीसहितको घाटा देखाउन लागिएको बताइएको छ ।
रासकट्टीसहितको घाटा भनेको प्राधिकरणको स्वामित्वमा रहेका सामग्रीहरूको हरेक वर्ष हुने रासकट्टीको विवरण जोडेर बनाइएको घाटा हो।
यसअघि कुलमान घिसिङ कार्यकारी निर्देशक हुँदा ४६ अर्ब फाइदामा रहेको बताइएको विद्युत प्राधिकरण अब घाटामा देखाउन लागिएको हो।