

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका ६२ वटा क्याम्पसहरूमध्ये काठमाडौँका सातवटा क्याम्पसमा विवादका कारण उम्मेदवारी दर्ता रोकिएको छ। विश्वविद्यालयको विद्यार्थी कल्याण महाशाखाले मङ्गलबारका लागि तोकेको मान्न नयन दर्ताको समयभित्र कुल ५० वटा मात्रै क्याम्पसमा उम्मेदवारी दर्ता भएको छ। रोकिएका १० मध्ये पाँचवटा क्याम्पस काठमाडौँ भित्रका छन्।
विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीका अनुसार काठमाडौँ उपत्यकाका शङ्करदेव, विश्वभाषा, नेपाल ल, पब्लिक युथ, ग्रामीण आदर्श बहुमुखी, पिपुल्स, पद्यकन्या बहुमुखी क्याम्पसमा भने विवादका कारणले मनोनयन दर्ता नभएको उनले बताए।
अधिकांश आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा आज विभिन्न विद्यार्थी सङ्गठनले निर्वाचनका लागि प्रत्यक्ष तथा सामानुपातिकतर्फका उम्मेदवारको मनोनयन दर्ता गराएको जानकारी दिने । उनका अनुसार आज विहान ११ देखि साँझ ५ बजेसम्म मनोनयन दर्ता गरिएको थियो ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)का उपाध्यक्ष नारायण घर्तीले आफ्नो सङ्गठनले अधिकांश क्याम्पसमा मनोनयन दर्ता गराएको जानकारी दिए। नेपाल विद्यार्थी सङ्घ (नेविसंघ)का प्रवक्ता सुरज सेजुवालले पनि ठूला क्याम्पससहित देशभरि नै उत्साहपूर्वक उम्मेदवारी मनोनयन दर्ता गरेको बताए । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)का महासचिव रोशन मगरका अनुसार सङ्गठनले अधिकांश क्याम्पसमा आज उम्मेदवारी दर्ता गराएको बताए ।
त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचनको प्रचारप्रसारका लागि यही फागुन २९ गते दिनको २ बजेदेखि चैत २ गते राति १२ बजेसम्मका लागि समय तोकेको छ । निर्वाचन आगामी चैत ५ गते हुँदैछ ।