

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र काठमाडौं फर्किँदा समर्थकहरूले विमानस्थलबाहिर स्वागत गरेका छन् । करिब एक महिना लामो गण्डकी प्रदेशको यात्रा सकेर काठमाडौं आएका ज्ञानेन्द्रलाई समर्थकहरूले स्वागत गरेका थिए । उनको स्वागत कार्यक्रममा समर्थकहरूले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका थिए।
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्न थालेपछि प्रहरीसित उनीहरूको धकेलाधकेल पनि भएको छ। पूर्वराजा शाह आइतबार अपराह्न कास्कीको पोखराबाट काठमाडौं फर्किएका हुन्। समिट एयरको ९एन–एकेजेड कलसाइन चार्टर्ड विमानमार्फत उनी काठमाडौँ आएका हुन्।
उनलाई स्वागत कार्यक्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिंगदेन, राप्रपा नेपालका कमल थापासहितका नेताहरू समेत उनको स्वागतमा विमानस्थल पुगेका थिए । हजारौं समर्थकहरूले राष्ट्रिय झण्डासहित कार्यक्रममा सहभागी भएका थिए ।