

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक परे प्रदेशको संख्या घटाउन सकिने बताएका छन् । शनिबार प्रथम महिला राधिका शाक्यको आत्मकथा करुणाको लोकार्पण समारोहलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । सात वटा प्रदेश ९ वटा हुनसक्ने र सात वटा प्रदेश ५ वटा हुन सक्ने पनि बताएका हुन् ।
नागरिकको आवश्यकता हेरेर प्रदेश घटबढ गर्न सकिने उनको भनाइ थियो । उनले देश, विकास र जनताको आवश्यकताअनुसार सुधार हुने कुरालाई रुवाबासी गर्न जरुरी नरहेको जिकिर गरे ।
प्रधानमन्त्री ओलीले भने, ‘अब त्यस्तो ठूलो केही राजनीतिक परिवर्तन गर्नुपर्ने, प्रणाली नै हेरफेर गर्नुपर्ने केही छैन, रिफर्महरु गर्नुपर्ने हुनसक्छ । सुधारहरू गर्नुपर्ने हुनसक्छ । सुधार गर्दै अघि बढ्छौँ । सुधार कस्तो हुनुपर्छ भने कहाँ थियौँ हामी । अहिले भन्छन् जेलबाट लुखुरलुखुर आएको एउटा कैदी अहिले प्रधानमन्त्री हुने भन्छन् । तिनीहरूलाई श्रीपेच लगाएका महाराजहरूले रैती पो बनाउनुपर्ने हामीलाई भन्ने लागिरहेको छ ।’