

काठमाडौं । माधव नेपाल आफैँमा अनुहार हेर्दै पनि सधैं रिसाइरहेका जस्ता देखिन्छन् । यो उनको व्यक्तिगत स्वभाव हो यसमा धेरै टिप्पणी गर्नु न्यायसंगत हुँदैन । तर उनी आफ्नै पर्टीले स्टाफ कलेजमा पार्टी कार्यकर्ताहरूसँगको केन्द्रीय समितिको बैठकमै उनले देखाएको रौद्र रुपले भने उनलाई आलोचनाको पात्र बनाएको छ ।
अहिले नेकपा एकीकृत समाजवादीको केन्द्रीय समितिको पूर्ण बैठक दुई दिनदेखि ललितपुरमा जारी छ। शनिबार जब केन्द्रीय सदस्य आरती लामाले बोल्ने पालो आयो उनले आफूले निर्वाह गर्दै आएको अनेरास्ववियु अध्यक्षको जिम्मेवारी खोसेर अर्कैलाई जिम्मा दिएको प्रसंग बैठकमा उठाइन् ।
पार्टीले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि) का विषयमा कुरा उठाएकी थिइन् । उक्त अपानिमार्फत दोहोरो जिम्मेवारी नहुने भन्दै अनेरास्ववियु र युवा संघको नेतृत्व हटाइएको थियो । ‘यसमा म प्रश्न गर्न चाहन्छु, किन यसरी माथिबाट नेतृत्व परिवर्तन गरियोरु एक शब्द नसोधी किन हटाइयोरु’ आरतीले भनिन्।
उनले यति भनेपछि मञ्चमा रहेका पार्टी अध्यक्ष माधव नेपाल एकाएक झोँक्किएर ‘अपानिका विषयमा यहाँ प्रश्न गर्न पाइँदैन, अरू कुरा गर्नुहोस्,’ भन्दै आक्रोशित भए । आरती पनि बोल्न नरोकिएपछि ‘बढ्ता बोल्ने?’ भन्दै मञ्चबाट उठेर तल झर्न खोजेका माधव नेपाललाई घनश्याम भुषालले रोकेका थिए ।