काठमाडौं खबर माघ ४, २०८१
काठमाडौं। संसद् भवन नयाँबानेश्वरमा विपक्षी दलको बैठक सुरु भएको छ। प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रको पहलमा विपक्षी दलहरुको बैठक संसद् भवन नयाँ बानेश्वरमा सुरु भएको हो ।
बैठकमा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादी, राप्रपा, नेपाल समाजवादी लगायतका दलका प्रतिनिधिहरु सहभागी भएका छन्।
प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकक्षमा बसेको बैठकमा माओवादीबाट नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, रास्वपाबाट कार्यबाहक सभापति डीपी आर्याल र सन्तोष परियार, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र बुद्धिमान तामाङ, नेकपा एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल र बेदुराम भुसाल लगायत उपस्थित छन्।
बैठकमा जनमत पार्टीका अध्यक्ष सिके राउतलाई पनि निम्ता दिइएको भए पनि उनी भने बैठकमा उपस्थित छैनन्।