काठमाडौं खबर पुस १६, २०८१
काठमाडौं । प्रतिनिधिसभाको सचिवमा हर्कराज राई नियुक्त भएका छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख देवराज घिमिरेको सिफारिसमा उनलाई नियुक्त गरेका हुन् । यसअघिका सचिव सुरेश अधिकारीले २०८१ मंसिर ९ गते राजीनामा दिएपछि सो पद रिक्त थियो ।
राईको स्थायी घर झापाको शिवसताक्षी नगरपालिका वडा नं २ मा रहेको छ । यो प्रधानमन्त्री केपी शर्मा ओलीको क्षेत्र रहेको कमल गाउँपालिकासँग सिमाना जोडिएको पालिका हो ।
राईले सार्वजनिक प्रशासनमा एमफील, राजनीति शास्त्र तथा ग्रामीण विकासमा स्नातकोत्तर र अंग्रेजी साहित्य तथा पत्रकारितामा स्नातक गरेका छन् ।