काठमाडौं । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा ५१ जनाविरुद्ध मुद्दा दायर भएको भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित चार जनाविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको छ । जिल्ला सरकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्माले लामिछानेसँगै रामबहादुर खनाल, छविलाल जोशी र लीला पछाइविरुद्ध आज सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर गरिएको जानकारी दिइन् ।
सभापति लामिछानेविरुद्ध मात्रै ३१ करोड बिगो दाबीसहितको मुद्दा आज जिल्ला अदालत कास्कीमा दर्ता भएको छ । सहकारी ठगीसँगै, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा कास्की जिल्ला अदालतमा आज मुद्दा दायर भएको छ । सम्पत्ति शुद्धीकरण विषयमा मुद्दा दायर भएसँगै सभापति लामिछाने स्वत: निलम्बनमा परेका छन् ।
लामिछानेबाहेक मुद्दा परेका कुल आरोपीहरू निम्नानुसार रहेका छन् ।
यी हुन् अभियुक्तहरू
१ः रवि लामिछाने
२ः छविलाल जोशी
३ः जीबी राई
४ः दीपेशकुमार पुन
५ः रामबहादुर खनाल
६ः नेत्रपाणी बास्तोला
७ः देवेन्द्रबाबु राई
८ः विज्ञान राई
९ः लीला पछाई
१०ः विश्वविक्रम राई
११ः विशाल तामाङ
१२ः नवीन अछामी
१३ः रविना रिमाल
१४ः असरफ अली सिद्धिकी
१५ः दीपक लामा
१६ः अनन्तबाबु राई
१७ः ओमप्रकाश गुरुङ
१८ः वीरबहादुर रानाभाट
१९ः दीपा न्यौपाने
२०ः कल्पनाकुमारी श्रेष्ठ
२१ः ज्ञानबहादुर बम्जन
२२ः मीना गुरुङ
२३ः सूर्यध्वज न्यौपाने
२४ः आरती गुरुङ
२५ः लीलाबहादुर गुरुङ
२६ः पेशलकुमार राई
२७ः कृष्णबहादुर गुरुङ
२८ः देवकुमार नेपाली
२९ः शकुन्तला गुरुङ
३०ः मिश्रकुमारी गुरुङ
३१ः रितु ताम्राकार
३२ः लक्ष्मीप्रसाद पौडेल
३३ः भूपेन्द्र राई
३४ः कैलाशकुमार दर्लामी
३५ः धीरजकुमार दास
३६ः कुमार रम्तेल
३७ः हेमन्त अधिकारी
३८ः कविता तामाङ
३९ः प्रमोद भट्टराई
४०ः अनुज नकर्मी
४१ः सुरज श्रेष्ठ
४२ः शिवबहादुर गुरुङ
४३ः भविश्वर अर्याल
४४ः आइस्मा गुरुङ
४५ः सागर केसी
४६ः दिनेश रोका
४७ः ललिता तामाङ
४८ः सृष्टि मानन्धर
४९ः बुद्धि गुरुङ
५०ः थानबहादुर बुढा
८ कम्पनी
१. गोरखा मिडिया नेटवर्क प्राईभेट लिमिटेड
२. नेचर हर्ब्स इन्टरनेशनल प्राईभेट लिमिटेड
३. नेचर नेष्ट प्राईभेट लिमिटेड
४. जि.बि.ग्रुप अफ कम्पनीज प्राईभेट लिमिटेड
५. गोर्खा ग्रुप मल्टी ईन्भेष्टमेण्ट प्राईभेट लिमिटेड
६. मन्दरा स्पा एण्ड वेलनेस सेन्टर प्राईभेट लिमिटेड
७. स्प्रिङउड रियल स्टेट एण्ड हाउजिङ प्राईभेट लिमिटेड
८. नेपाल श्री मल्टी मिडिया प्राईभेट लिमिटेड
५ जना सम्पत्ति जफतको कसुरमा
१. रवि पत्नी निकिता पौडेल
२. छविलाल जोशीकी श्रीमती पद्मा
३. छविलालका छोरा रोचक जोशी
४. लिला पछाईंकी आमा राधा पछाईं
५. लिला दिदी गीता पछाईं