काठमाडौं खबर मंसिर २१, २०८१
काठमाडौं । नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ करिब १२०० भन्दा धेरै रिक्त पदमा आवेदन माग गरेको छ । आज एक सूचना जारी गर्दै प्रहरी प्रधान कार्यालयले सो संख्यामा आवेदन माग गरेको हो ।
माग गरेकाहरू अधिकांश प्रहरी जवान, केही कार्यालय सहयोगी र केही सूचीकारको लागि आवेदन माग गरेको हो । प्रहरी जवानमा १ हजार १६५ जना, कार्यालय सहयोगी (भान्छे) पदमा ४७ र कूचीकार पदमा ११ जनाका लागि भर्ना खुलेको हो ।
भर्ना फारम बुझाउने म्याद यही मंसिर २७ गतेदेखि पुस ७ गतेसम्म छ । जवान पदका लागि ३०० रुपैयाँ दस्तुर तोकिएको छ । साथै एकभन्दा बढी समूहमा दरखास्त दिने उम्मेदवारका लागि प्रत्येक समूहमा थप ६० रुपैयाँ दस्तुर लाग्दछ ।