काठमाडौं । काठमाडौं महानगरपालिका वडानम्बर १६ को वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रोजिना श्रेष्ठ विजयी भएकी छन् । अघिल्लो स्थानीय तहको निर्वाचनपछि उदाएको यो पार्टीको स्थानीय तहमा पहिलो जीत हो । रास्वपाकी श्रेष्ठले २९०२ मत ल्याएर निर्वाचित हुँदा एमालेका लक्ष्मीरत्न तुलाधरले २२२० मत पाएर दोस्रो भएका छन् ।
यो वडामा चुनाव जितेको रास्वपाको यसबाहेकका उसले उम्मेदवार उठाएको वडामा कति मत आयो त ? हेर्नुहोस् ।
तेह्रथुमको लालीगुरास नगरपालिका काँग्रेसले ४४० मतले चुनाव जित्दा रास्वपा उम्मेदवारको ३८ मत आएको छ ।
त्यस्तै, गढी गाउँपालिका वडा नं ६, सुनसरीमा काँग्रेसले ८१६ मत ल्याएर चुनाव जित्दा पाँचौं स्थानमा रहेको रास्वपाले ३३ मत ल्याएको छ ।
मोलुङ गाउँपालिका वडा नं ५, ओखलढुंगामा एमालेले ३९९ मत ल्याएर चुनाव जित्दा तेस्रो स्थानमा रहेका रास्वपा उम्मेदवारले १५१ मत ल्याएका छन् ।
सिरीजङ्घा गाउँपालिका वडा नं ३, ताप्लेजुङमा एमालेले ३५३ मत ल्याएर चुनाव जित्दा पाँचौं स्थानमा रहेको रास्वपाले जम्मा ७ मत ल्याएको छ ।
त्रियुगामा माओवादी केन्द्रले ९२३ मत ल्याएर चुनाव जित्दा पाँचौं स्थानमा रहेको रास्वपाले २०२ मत ल्याएको छ ।
धनुषाधाम नगरपालिका वडा नं १, धनुषामा माओवादी केन्द्रले ६८४ मत ल्याउँदा सातौं स्थानमा रहेका रास्वपा उम्मेदवारले जम्मा १० मत ल्याएका छन् ।
रामगोपालपुर नगरपालिका वडा नं २, महोत्तरीमा एमालेका उम्मेदवारले ६३१ मत ल्याउँदा छैटौं स्थानमा रहेको रास्वपाले ४ मत ल्याएको छ ।
ककनी गाउँपालिका वडा नं २, नुवाकोटमा माओवादी केन्द्रले १०८५ मत ल्याएर चुनाव जित्दा चौथो स्थानमा रहेको रास्वपाले ८३ मत पाएको छ ।
हेटौडा उपमहानगरपालिका वडा नं १२, मकवानपुरमा काँग्रेसले २०६३ मतले चुनाव जित्दा पाँचौं स्थानमा रहेको रास्वपाले ८३ मत पाएको छ ।
यसबाहेक अन्यत्र गोरखामा ८२, गुल्मीमा ४३, कपिलवस्तुमा ९२, बर्दियामा १७, दैलेखको दुल्लुमा ५३, महाबुको पालिका अध्यक्षमा ११२, कालिकोटमा ५, डोटीमा ३१ मत ल्याएको छ ।