काठमाडौं खबर मंसिर १३, २०८१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगीमा बयान लिनका लागि काठमाडौं ल्याइएको छ । आज श्री एयरको विमानमार्फत् उनलाई काठमाडौं ल्याइएको छ ।
कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीमार्फत भएको अनियमितता प्रकरणमा लामिछानेविरुद्ध २ मंसिरमा पक्राउ अनुमति जारी भएको थियो । उनीसँगै पक्राउ अनुमति जारी भएका छविलाल जोशीलाई बयान लिएर प्रहरीले पोखरा फिर्ता पठाइसकेको छ ।
जिल्ला प्रहरी कार्यालय काठमाडौंका अनुसार लामिछानेलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिने भएको छ ।
पोखराको सूर्यदर्शन सहकारीमा बचतकर्ताको रकम अपचलन भएको प्रकरणमा प्रहरीले लामिछानेलाई २ कात्तिकमा प्रहरीले वनस्थलीस्थित पार्टी कार्यालयबाट पक्राउ गरेको थियो ।