काठमाडौं खबर मंसिर १२, २०८१
काठमाडौं । सरकारले नागरिकसँग ऋण उठाउने भएको छ । बुधबार सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले एक सूचना जारी गरी नागरिक बचतपत्र २०८६ (क) निष्काशन गरेको हो ।
कार्यालयले दुई अर्ब रूपैयाँ बराबरको बचपत्र बिक्रीको लागि आह्वान गरेको हो। जसमा ७.५ प्रतिशत वार्षिक ब्याजदर प्रस्ताव गरिएको छ। इच्छुक नेपाली नागरिकले यस बचतपत्रलाई १३ मंसिरदेखि १४ पुससम्म आवेदन दिन सक्ने उल्लेख गरिएको छ।
नागरिक बचतपत्रको प्रमुख विशेषता भनेको ६ महिनामा ब्याज भुक्तानी हुने र यसलाई धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिने, साथै दोस्रो बजारमा कारोबार गर्ने विकल्प उपलब्ध हुनु हो।
यस बचतपत्रको निष्कासन मिति पुस १६ र परिपक्क हुने अवधि अर्थात फिर्ता पाउने समय पाँच वर्ष रहनेछ।