काठमाडौं । सरकारी वकिलको कार्यालय काठमाडौंले मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीविरुद्ध मुद्दा नचलाउने भएको छ । आज जिल्ला न्यायाधिवक्ताको कार्यालयले एक निर्णय गरी उनीविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको हो । तर उनीबाहेक अन्यविरुद्ध भने मुद्दा चलाउने निर्णय भएको हो ।
तीन युवा जापानबाट डिपोर्ट भएर फर्किएको भए पनि कोशीका पूर्वमन्त्री अधिकारी जापानमा पुगेर अध्यामनसँग आफैं समन्वय गरेर फर्किएको पाइएको सरकारी वकिलको कार्यालयको तर्क छ । पक्राउ परेका आरोपीहरुले पूर्वमन्त्री अधिकारीलाई विदेश पठाएबापत रकम दिएको भन्ने नखुलेको समेत बताइएको छ ।
सरकारी वकिलले अधिकारीविरुद्ध मुद्दा नचलाउन विमानस्थलको सीसी टीभी फुटेजलाई आधार बनाएको छ । पूर्वमन्त्री अधिकारी टोकियो महानगर र आर्ट काउन्सिल टोकियोले आयोजना गरेको एक कार्यक्रममा सहभागी हुन भन्दै ११ कात्तिकमा जापान उडेका थिए ।