काठमाडौं खबर मंसिर ९, २०८१
काठमाडौं । करिब एक वर्षदेखि अध्यक्षविहीन भएको धितोपत्र बोर्डको अध्यक्ष पदका लागि अन्तर्वार्ता हुँदैछ । मन्त्रालयमा बिहान ८ बजेदेखि सुरु हुन लागेको अन्तर्वार्तामा अन्तिम नामावली प्रकाशन भएका तीन जनाको अन्तर्वार्ता हुने भएको छ ।
अन्तर्वार्तामा अध्यक्षका उम्मेदवारत्रय डा. नवराज अधिकारी, चिरञ्जीवी चापागाईँ र कृष्णबहादुर कार्की सहभागी छन् । अन्तर्वार्ता बिहान ८ बजे सुरु भएको हो।
२०८० पुस २० यता धितोपत्र बोर्ड अध्यक्षविहीन भएको बोर्डमा अहिलेसम्म पनि पटकपटकको विवादका कारण अध्यक्ष नियुक्ति हुन सकेको छैन ।
मन्त्रालयअन्तर्गत गठित ‘नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका निमित्त नाम सिफारिस गर्नका लागि गठन भएको सिफारिस समिति’ले चौथोपटक बिहीबार सूचना प्रकाशन गरी उनीहरूलाई अन्तर्वार्तामा बोलाएको थियो ।