काठमाडौं । रास्वपा सभापति रवि लामिछाने गृहमन्त्री भएको बेलामा उनले सबैभन्दा धेरै भ्रष्टाचारीको ट्याग लगाएर सकेसम्म जेल हाल्न प्रयास गरेकी व्यक्ति हुन्, आरजु राणा । टीकापुरको एक सरकारी प्रकरणमा उनले सकेसम्म केही दिनका लागि भए पनि उनलाई प्रहरी हिरासतमा लैजाने प्रयास गरेकी थिए । तर उनको कार्यकालमा त्यो सकेनन् । तर पनि उनले सबैभन्दा भ्रष्ट व्यक्ति भनेर सधैं आरोप लगाउने व्यक्ति नै आरजु हुन् ।
तर पहिले भ्रष्टाचारी भनेर जेल पठाउने प्रयासमा रहेकी आरजु अहिले परराष्ट्रमन्त्री छिन् भने उनलाई जेल हाल्न खोज्ने रवि अहिले आफैँ प्रहरी हिरासतमा छन् । उनी हिरासतमा गएपछि उनलाई छुटाउनका लागि हारगुहार गर्दै हिँडेका रास्वपाका उपसभापति डीपी अर्यालले आरजुसँग भेट्नको लागि उनका स्वकीयसँग माग गरेको विषय बाहिर आएको छ ।
रविलाई छुटाउनका लागि कहिले गृहमन्त्री त कहिले प्रधानमन्त्रीसँग भेट्न पुगेका अर्यालले अन्तबाट आफूले खोजेजस्तो आश्वासन नपाएपछि अन्तिम विकल्पको रूपमा आरजु राणासँग भेट्नका लागि समय मागेको विषय सार्वजनिक भएको छ ।
आरजुकी सहयोगी कमल रावललाई म्यासेज गरेर आरजु राणासँग छोटो बैठकका लागि समय मिलाइदिन आग्रह गरिएको छ । यो तस्वीर उनकै मोबाइलबाट उनकै सहयोगीले खिचेको स्पष्ट हुन्छ । अर्यालले आफूले आरजुसँग भेट्न चाहेको सो चुहिएको म्यासेज गलत भएको बताएका छैनन् । यसको अर्थ उनले भेट्न खोजेका हुन् भन्ने स्पष्ट हुन्छ ।
एउटा परराष्ट्रमन्त्रीसँग एउटा सांसद एवं पार्टीका उपसभापतिले भेट्न नहुने भन्ने कुरा त होइन । तर अहिले सभापति पक्राउ परेपछि चाहेको भेटलाई भने अर्थपूर्णरूपमा हेरिएको छ ।