काठमाडौं खबर भदौ २०, २०८१
काठमाडौं । आज साताको अन्तिम दिन सेयर कारोबार सूचक नेप्से सामान्य अंकले घटेको छ । बुधबार भारी अंकले घटेको नेप्से परिसूचक आज १२ दशमलव १० अङ्कले ओरालो लागेर दुई हजार सात सय २७ दशमलव ३६ मा सिमित भएको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ३५ अङ्कले ओरालो लागेर चार सय ८६ दशमलव ३६ मा सिमित भएको छ । कारोबार भएका कूल १३ उपसमूह मध्ये ११ उपसमूहको शेयर मूल्य ओरालो लाग्दा दुई उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ ।
कूल दुई करोड एक लाख ५३ हजार नौ सय ९३ कित्ता शेयर रु नौ अर्ब ६५ करोड १५ लाख १३ हजार दुई सय ४६ मूल्यमा कारोबार भएको छ । नेप्सेका अनुसार आत्मनिर्भर लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ ।