काठमाडौं खबर भदौ ७, २०८१
काठमाडौं । धितोपत्र बोर्डले छ जना कर्मचारीका लागि आवेदन आह्वान गरेको छ । शुक्रबार गोरखापत्र दैनिकमा सूचना जारी गर्दै विभिन्न पदमा गरी छ जना कर्मचारी माग गरेको हो । सहायक निर्देशक अधिकृत तृतीय श्रेणीको एक जना खुला पदमा, सहायक निर्देशक अधिकृत तृतीय श्रेणीका लागि नेपाल धितोपत्र बोर्ड प्रशासन एक जना, बरिष्ठ सहायक सहायक प्रथम श्रेणी नेपाल धितोपत्र बोर्ड प्रशासन मधेसी एक जना, सहायक सहायक द्वितीय श्रेणी नेपाल धितोपत्र बोर्ड प्रशासन खुला एक जना, सहायक सहायक द्वितीय श्रेणी नेपाल धितोपत्र बोर्ड प्रशासन महिला एक जना र सहायक सहायक द्वितीय श्रेणी नेपाल धितोपत्र बोर्ड प्रशासन आ.ज. एक गरी छ जना मागेको हो ।
इच्छुक व्यक्तिले भदौ२७ गतेभित्र आवेदन दिनुपर्ने छ । थप ७ दिन दोब्बर दस्तुरमा आवेदन दिन सकिने पनि व्यवस्था सूचनामा उल्लेख छ । बाँकी सूचना यस्तो छ ।