काठमाडौं । आज साताको पहिलो दिन सेयर बजार ओरालो लागेको छ । आइतबार नेप्से परिसूचक ३४ अंकले घटेर २९६६ अंकमा झरेको हो । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक छ दशमलव ६५ अङ्कले ओरालो लागेर पाँच सय २८ दशमलव ८५ मा सीमित भएको छ । नेप्सेका अनुसार आज कु छ करोड ५४ लाख ७५ हजार तीन सय ६६ कित्ता शेयर रु २८ अर्ब ८३ करोड ६९ लाख ९७ हजार तीन सय ७६ मा कारोबार भएको छ ।
अब सेयर बजार एकैपटक बुधबार मात्रै खुल्ने भएको छ । भोलि सोमबार जनैपूर्णिमा बिदा र मंगलबार गाईजात्राका कारण उपत्यका बिदा भएका कारण एकैपटक बुधबार सेयर बजार खुल्ने भएको हो ।
आइतबार कारोबार भएका कुल १३ उपसमूहमध्ये चार उपसमूहको शेयर मूल्य उकालो लाग्दा नौ उपसमूहको शेयर मूल्यमा भने गिरावट आएको छ । राष्ट्रिय बीमा कम्पन, लाइफ इन्स्योरेन्स कर्पोरेसन, मल्टीप्रपोज फाइनान्स कम्पनी र सम्पदा लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । यस्तै, लिवर्टी इनर्जी कम्पनीका लगानीकर्ताले नौ दशमलव ९३ प्रतिशतले कमाएका छन् ।
नेपाल फाइनान्स १०, सगरमाथा जलविद्युत् कम्पनी आठ दशमलव ५२, न्यादी हाइड्रोपावर आठ दशमलव ४६, शुभम पावर सात दशमलव ७४ र मातृभूमि लघुवित्तका लगानीकर्ताले सात दशमलव ५८ प्रतिशतले गुमाएका छन् ।