काठमाडौं । अबको तीन दिनसम्म काठमाडौ उपत्यकासहित देशका विभिन्न स्थानमा पानी नै पानी पर्ने सम्भावना देखिएको छ । मौसम पूर्वानुमान महाशाखाको तीन दिने मौसम बुलेटिन अनुसार काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको देखिएको छ ।
सोमबार दिउँसो र राति उपत्यकासहित बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जनाएको छ । त्यस्तै, मंगलबार पनि दिउँसो र राति उपत्यकासहित बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जनाएको छ ।
२४ घण्टाभित्र बागमती केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै, प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।